स्रस्टा रामबाबु घिमिरेलाई क्यापिटल सम्मान

चितवन। समकालीन नेपाली साहित्यका प्रखर स्रस्टा रामबाबु घिमिरे सम्मानित भएका छन् । न्यू क्यापिटल कलेज, रत्ननगरले शनिबार कलेजमा एक कार्यक्रम गरी स्रस्टा घिमिरेलाई सम्मान गरेको हो । नेपाली साहित्यको निबन्ध विधासँगै समकालीन नेपाली भाषा साहित्यमा योगदान पुर्याएको भन्दै घिमिरेलाई सम्मान गरिएको हो ।
दशकाैँदेखि निबन्ध लेखनमा सक्रिय घिमिरेलाई नगद ११ हजार १०५ रुपैयाँसहित सम्मान गरिएको हाे । कलेज संचालक समितिका अध्यक्ष घननाथ अर्यालले नगद र सम्मानपत्रले घिमिरेलाई सम्मान गरे । घिमिरे यथार्थवादी साहित्यकारका रूपमा परिचित छन् ।
घिमिरेका बारेमा टिप्पणी गर्दै समालोचक उदय अधिकारीले घिमिरेलाई समकालीन निबन्धकारमध्ये सबैभन्दा बलियाे लेखकका रूपमा व्याख्या गरे । 'उहाँ इमानदार लेखक हुनुहुन्छ', उनले भने- 'लेखक जब इमानदार बनेर लेख्छ, ऊ बलियाे बन्छ ।'
घिमिरेका 'रित्ताे आकास', 'अनर्गल प्रलाप', 'केन्द्र र परिधि'लगायत कृति बहुचर्चित छन् ।
न्यू क्यापिटल कलेजले चितवन मुख्य कार्यक्षेत्र बनाएर साहित्यमा क्रियाशील व्यक्तित्वलाई सम्मान गर्न प्रारम्भ गरेकाे छ । कलेजका प्राचार्य भुपेन्द्र धितालले हरेक वर्ष एउटै मितिमा एकजना साहित्यकारलाई सम्मान गर्ने उनले बताए । कार्यक्रममा स्रस्टा धनराज गिरी र उपप्राध्यापक डाक्टर अशोक थापाले पनि बोलेका थिए ।
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

लीलबहादुर क्षेत्री : नेपाली साहित्यका उज्ज्वल नक्षत्र

साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

यस वर्षको रुद्रराज साहित्य पुरस्कार गार्गी शर्मालाई

प्रतिक्रिया