अस्पताल र अक्सिजन उद्योगमा विद्युत् अवरुद्ध नहुने

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले अक्सिजन उत्पादन गर्ने उद्योगहरु र अस्पतालहरुलाई चौबीसै घण्टा निरन्तर विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरेको छ । अस्पताल र अक्सिजन उद्योगहरुको विद्युत प्रसारण तथा वितरण हुने सम्पूर्ण फिडरहरुलाई अधिकतम सतर्क (हाइ अलर्ट) को सूचीमा वर्गीकृत गरिएको प्राधिकणले जनाएको छ।
प्राधिकरणले जारी गरेको प्रेस नोटअनुसार अस्पताल र अक्सिजन उद्योगको संवेदनशीलतालाई ख्याल गर्दै विद्युत निर्वाद आपूर्तिका लागि वैकल्पिक फिडरसमेत तयार गरिएको छ । अक्सिजन उद्योगहरु रहेका ककनी, हरिसिद्धी, बुटवल, सिमरा, जनकपुर, विराटनगरलगायतका स्थानमा नयाँ वैकल्पिक फिडरहरु जडान गरिएको प्रेस नोटमा छ ।
कोभिड—१९को दोस्रो लहर देखिनासाथ अक्सिजन उद्योग तथा अस्पतालहरुमा विद्युत आपूर्ति हुने फिडरहरुको पहिचान गरी समस्या आउन नदिन आवश्यक व्यवस्था गर्न देशभरका वितरण केन्द्रहरुलाई निर्देशन दिइएको र सम्बन्धित वितरण केन्द्रहरुले सोहीअनुसार प्रवन्ध गरेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले बताए । उनले अहिले अस्पताल र अक्सिजन उद्योगहरुमा विद्युत आपूर्तिको समस्या नरहेको जानकारी दिए ।
अक्सिजन उद्योग तथा अस्पतालहरुमा निर्वाद विद्युत आपूर्तिको लागि बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीरामराज पाण्डेको संयोजकत्वमा सहायता कार्यदल गठन गरिएको छ । ‘अस्पताल तथा अक्सिजन उद्योगमा विद्युत् आपूर्तिमा समस्या आउन नदिन हरसम्भव उपाय अपनाएका छौं, कथंकदाचित समस्या आएमा त्यसको तत्काल जानकारी दिन र अनुगमनका लागि कार्यकारी निर्देशक,उद्योगका पदाधिकारीहरु, कार्यदलका संयोजक, सम्बन्धित वितरण केन्द्रका प्रमुखहरुसहितको भाइबर, ह्वाट्सएप ग्रुप संचालनमा ल्याइएको छ,’ शाक्यले भने ।
अस्पताल तथा अस्सिजन उद्योगसँग सम्बन्धित विद्युत प्राविधिकहरुलाई उक्त ग्रुपमा जोडिन आग्रह गरिएको छ । आफ्नो अस्पताल वा उद्योगमा विद्युतको समस्या आउनासाथ तत्काल खबर गर्न आग्रह गरिएको छ ।
प्रधानमन्त्रीका विकासविज्ञ सल्लाहकार गजेन्द्र थपलिया, कार्यकारी निर्देशक शाक्य, कार्यदलका संयोजक पाण्डे र स्थानीय वितरण केन्द्रहरुको प्रमुखसहितको टोलीले काठमाडौं उपत्यकामा रहेका विभिन्न अस्पताल तथा अक्सिजन उद्योगहरु र विद्युत आपूर्तिका गर्ने फिडरहरुको अवलोकन गरी समस्याको पहिचान गरेको छ । समस्या समाधानका लागि आवश्यक उपायहरु तर्जुमा गरी सोहीअनुसार कार्य अगाडि बढाइएको शाक्यले बताएका छन् ।

नेशनल बाथरोग सेन्टरले मनायो १२औँ वार्षिकोत्सव, पाँच लाखभन्दा बढी बिरामीलाई स…

धनगढीमा स्पा तथा वेलनेस थेरापी तालिम सुरु,स्पा र वेलनेस क्षेत्रमा अवसर बढ्दै
भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षमा डा. सन्तोष पौडेल
मुस्ताङका चार पालिका ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना’ घोषणा

राप्ती प्रादेशिक अस्पतालः अनुमतिभन्दा बढी शय्या सञ्चालनले समस्या

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट मिर्गौला र कलेजोको सफल प्रत्यारोपण

प्रतिक्रिया