शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

पछिल्लो २४ घन्टामा पाँच जनामा कोभिड संक्रमण

फाइल फोटो

काठमाडौं - पछिल्ला २४ घण्टामा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ सय १२ वटा स्वाब परीक्षण गरिएकामा पाँच जनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा कोरोना भाइरसका कारण देशभर कसैको पनि निधन भएको छैन भने चार जनालाई उपचार पछि डिस्चार्ज गरिएको छ । 

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण १२ हजार ३१ जनाको मृत्यु भइसकेको छ भने कोरोनामुक्त हुनेको संख्या भने नौ लाख ९१ हजार २५९ पुगेको छ ।