मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

युवासंघको काठमाडौंमा विरोध प्रदर्शन

फाइल फोटो

काठमाडौँ - एमालेमाथि भ्रष्टाचारको तथ्यहीन आरोप लगाउने काम भएको भन्दै एमालेनिकट राष्ट्रिय युवासंघले काठमाडौं विरोध प्रदर्शन गरेको छ । 

स्वास्थ्य सामग्रीको भ्रष्टाचार र पशुपतिनाथ मन्दिरको जलहरीका विषयमा एमालेमाथि तथ्यहीन आरोप लगाउने काम भएको भन्दै युवासंघले शनिबार काठमाडौंको बानेश्वरमा मशाल जुलुस प्रदर्शन गरेका हुन् ।

सत्तारुढ नेताहरूको आधारहीन, भ्रामक तथा आपत्तिजनक अभिव्यक्ति स्वीकार्य नहुने भन्दै विरोध प्रदर्शन गरिएको युवा संघले जनाएको छ । उनीहरूले जलहरीको सुन पशुपतिनाथमा छ, लुटेको सुन कहाँ छ ? लडाकू घोटाला छानबिन गर, लगायतका प्लेकार्ड प्रदर्शन गर्दै सरकार विरुद्ध नाराबाजी गरेका थिए ।