पोखरा-१३ को एक वर्षे प्रगति : सीपमूलक तालिमसँगै विकासमा जोड

पोखरा- पोखरा महानगरपालिका वडा नम्बर १३ ले एक वर्षमा गरेका कार्य विवरण सार्वजनिक गरेको छ । पोखरा-१३ वडाध्यक्ष किरण बराल नेतृत्वको टिमले निर्वाचित भएपछि गरेका कामको विवरण शनिबार सार्वजनिक गरेको हो ।
वडा कार्यालयले एक वर्षको प्रगति सार्वजनीकिकरणसँगै आगामी वर्षका लागि वडावासीबाट राय, सल्लाह र सुझाव पनि संकलन पनि गरेको थियो । वडाध्यक्ष बरालले कार्यभार सम्हालेपछि सेवा प्रवाहसँगै सीपमूलक तालिममा जोड दिएको बताए । ‘हामीले कोसँग के सीप छ त्यही अनुसार बजारमा समन्वय गरेका छौं,’ वडाध्यक्ष बरालले भने । सीपमूलक तालिम अन्तर्गत कफी बनाउने बारिस्ता तालिम, एसइई दिएर बसेका विद्यार्थीका लागि लक्षित गर्दै कम्युटर तालिम र कपाल काट्ने तालिम सञ्चालन भइरहेको उनले बताए ।
वडाले सीपलाई बजारसम्म पुर्याउन रोजगार मेला पनि गरेको कार्य प्रगतिमा समेटिएको छ । यो एक वर्षमा निर्वाचनको बेला आफूले गरेका वाचा पुरा गर्नलाई कुनै काम बाँकी नराखेको वडाध्यक्ष बरालले बताए । उनले काम गर्ने गतिमा बाँकी ४ वर्षमा पनि ब्रेक नलाग्ने बताए ।
वडा कार्यालयले सडक सुरक्षाका लागि वडाले चोक चोकमा सिसी क्यामेरा जडान गरेको छ । भौतिक पूर्वाधारतर्फ दाद्रदेखि छापाचौतारिसम्म सडक कालोपत्रे, काहुँखोला पैरोपानी आर्वा सडक कालोपत्रे, महाप्रभुधाममा हाइमाक्स लाइट जडान, खामघले सडक स्तरोन्नती, काहुखोला करिडोर निर्माण लगायतका काम भएको छ ।
वडाले वडाका ५ हजार घरधुरीलाई कागतीका बिरुवा वितरण गरेको वडाध्यक्ष बरालले बताए । विद्यालयमा स्वास्थ्य शिविरसँगै वडावासीको नि:शुल्क स्वास्थ्य परीक्षण, ४ सय महिलाको पाठेघर परीक्षण, वडामा आउने सेवाग्राहीलाई सेवासँगै स्वास्थ्य जाँच, कृषि प्रदर्शनी, किसानलाई अनुदान वितरण गरेको छ । यो अवधिमा डुबानबाट रोक्न कमलपोखरीसँगै काँहुखोला घट्टेखोला सरसफाइ गरेको उनको भनाइ छ ।

बागलुङमा सात करोड ६६ लाखमा पुल निर्माण

पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य

ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार

पर्यटक र पूर्वाधार कुरेर बसेको लाखेत

पाँच शताब्दी पुरानो गुम्बा जीर्णोद्धार
सुन्दरबजारबाट बसाइँसराइ गर्नेको सङ्ख्या बढ्यो

हलगोरु पाल्ने १७८ किसानले पाए पोषणभत्ता

प्रतिक्रिया