अमेजन प्राइमको वेब सिरिज खेल्दै अदिती

काठमाडौं - अभिनेत्री अदिती बुढाथोकी नेपालसँगै भारतमा पनि अभिनय यात्रामा सकृय छिन् । भारतमा अदितीलाई मोडलिङसँगै म्युजिक भिडियोमा पनि बेलाबखत देखिने गरेको छ । तर अब भने अदितीले वेब सिरिजमा पनि अभिनय गर्ने भएकी छिन् ।
यस्तैमा म्युजिक वेव सिरिज सिजन १ मा अदिती मुख्य अभिनेत्रीको रुपमा काम गरिरहेकी छिन् । नितिन गावडेले निर्देशन गर्ने ‘म्युजिक वेब सिरिज’मा अदितीले सिजन १ देखि सिजन ३ सम्म काम गर्ने भएकी छिन् । अमेजन प्राइमबाट रिलिज हुने वेब सिरिजको सिनेमाटोग्राफर विनोद प्रधान रहेका छन् । अदिती अहिले यही वेब सिरिजको सुटिङमा ब्यस्त भइरहेकी छिन् ।
यता नेपालमा भने अदितीको होम प्रोडक्सन बाबरी प्रोडक्सनबाट नयाँ फिल्मको निर्माणको तयारी पनि तीव्र रुपमा भइरहेको छ । ‘बाबरी’ रिलिज नहुँदै निर्मात्री पुष्पलता बुढाथोकीले नयाँ अनटाइटल चलचित्रको घोषणा गरेकी थिइन् । सो अनटाइटल चलचित्रमा मुख्य कलाकारको रुपमा ‘बाबरी’कै कलाकारहरु धिरज र अदिति फाइनल भएका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया