भाेलिबाट विश्वका १५० बढी देशमा 'शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह'

काठमाडाैं । शिक्षाका लागि राष्ट्रिय अभियान (एनसिई)नेपाल द्धारा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह २०८०’ हुने भएकाे छ । आइतबार साप फल्चा बबरमहलमा पत्रकार सम्मेलनकाे आयाेजना गरी याेबारे जानकारी दिइएकाे हाे ।
शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह ‘डिकोलोनाइजिङ एजुकेशन फाइनान्सिंग नाओ’ भन्ने मूल नाराका साथ जेठ १५ देखि १९ सम्म नेपाललगायत विश्वका १५० भन्दा बढी देशहरूमा नागरिक समाज संघसंस्था तथा प्रतिनिधिहरूद्धारा विभिन्न कार्यक्रम गरेर मनाइँदै छ ।
उक्त कार्यसप्ताहको विषयमा जानकारी दिँदै एनसिई नेपालका अध्यक्ष राजेन्द्र पहाडीले संघीय सरकारले संघीय शिक्षा ऐन अझै सार्वजानिक गर्न नसकेको र संघीय शिक्षा ऐन बन्न भइरहेको ढिलाइले निःशूल्क तथा अनिवार्य शिक्षा ऐनको कार्यान्वयनमा समेत चुनौती खडा गरेको बताए ।
सार्वजनिक शिक्षा प्रणालीको सुधारका लागि विभिन्न मागहरू अघि सारिएको र त्यसका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धता र संवैधानिक दायित्व पूरा गर्ने, समतामूलक समाज निर्माण गर्ने, भौतिक पूर्वाधार सुधार्ने, प्राविधिक शिक्षामा जोड दिने, सार्वजनिक विद्यालयलाई थप प्रतिस्पर्धी र क्षमतावान बनाउने विषय रहेका छन् ।
यी विषयहरू पूरा गर्नका लागि केन्द्रीय तहमा संघीय शिक्षा ऐन तत्काल जारी गर्न दबाब सिर्जना गर्न विभिन्न सरोकारवालाहरूबाट कम्तिमा ५०,००० हस्ताक्षर संकलन र हस्तान्तरण साथै अन्य कार्यक्रमहरू रहेका छन् ।
प्रदेश तथा स्थानीय तहमा विश्वव्यापी कार्य सप्ताह २०२३ले उठाएका मागहरूको उचित सम्बोधनका लागि दबाब सिर्जनाका लागि नागरिक समाजको प्रदर्शनी र अन्य कार्यक्रम रहेको छ ।
साथै यसका लागि सचेतीकरण तथा पैरवी आवश्यक रहेको अध्यक्ष पहाडीले बताए ।

लोकतन्त्र बलियो भए मात्रै पत्रकारिता बलियो हुन्छः अध्यक्ष शर्मा

मनकामना धाममा २ सय १६ किलोको ऐतिहासिक घण्टी चढाइयो

रु ५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण

‘मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत भेटिन्छन्’

वैदेशिक रोजगारीमा सिन्डिकेट अन्त्य भएको छ: महानिर्देशक

पर्सामा कार दुर्घटनामा परी एकको मृत्यु, तीन घाइते

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

प्रतिक्रिया