पूर्णबहादुर श्रेष्ठले जिते इसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गत काठमाडौँमा घर

काठमाडौँ– डिजिटल रेमिटेन्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा यूएईबाट नेपालका पूर्णबहादुर श्रेष्ठले काठमाडौँमा घर जित्न सफल भएका छन् ।
गत शुक्रबार इसेवा मनि ट्रान्स्फरका ब्राण्ड एम्बेस्डरहरू र कम्पनीका कार्यकारी अधिकृतले इसेवा मनि ट्रान्सफरको आधिकारिक फेसबुक पेज मार्फत गरेको प्रत्यक्ष डिजिटल गोला प्रथामा यूएईमा रहेका पूर्ण बहादुर श्रेष्ठले घर जित्न सफल भएका हुन् ।
विजेता श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल, बोजेपोखरीमा तीन आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर जित्न सफल भएका हुन् ।
श्रेष्ठले इसेवा मनि ट्रान्सफरमार्फत आफ्नो घरमा रहेका बुबाको बैंक एकाउन्टमा रेमिटेन्स पठाएका थिए ।
पत्रकार सम्मेलनसहित गरिएको प्रत्यक्ष प्रसारण कार्यक्रममा बोल्दै इसेवा मनि ट्रान्स्फरका निर्देशक डेनियल डि श्रेष्ठले विजेता श्रेष्ठलाई धन्यवाद व्यक्त गरे । साथै उनले आगामी दिनमा पनि कम्पनीले रेमिटेन्सलाई डिजिटल बनाउँदै अझ छिटो र विश्वसनीय बनाउन निरन्तर लागि रहने कुरामा विश्वस्त रहेको बताए ।
इसेवा मनि ट्रान्स्फरले विदेशबाट आउने रेमिटेन्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो ।
डिजिटल रेमिटेन्सलाई प्रोत्साहन गर्दै आएको कम्पनीले ‘मेरो डिजिटल देश’अभियान मार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा ‘इसेवा वालेट’मा पैसा पठाउँदा एक जनालाई बम्पर उपहार स्वरुप काठमाडौंमा साढे दुई तलाको घर दिने घोषणा गरेको थियो ।
२०७९ असोज सातदेखि २०८० जेठ ६ सम्म रेमिटेन्स पठाउने व्यक्तिहरू यस अभियानमा सहभागी भएका थिए ।
कार्यक्रममा बोल्दै इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशबाट नेपालीले पठाउने रेमिटेन्सलाई वैधानिक बनाउने कुरामा ‘मेरो डिजिटल देश’ अभियान अन्तर्गतको ‘विन योर ड्रिम हाउस’ सफलता पूर्वक सम्पन्न भएको बताए ।
उनले भने, ‘ हामीले जुन उद्देश्यका साथ यो अभियान सञ्चालन गरेका थियौँ, यसमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।’

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…
_ILhKYfm3Q5_vdx5qewnnnkaufdezwfcyusym2ocfuxqoberjtgpbn4zh7tf6mfjzwcsphhl_PsFRpURY4i_2sizuxihqwj7effyvlh8r3krr3oytaycxzxkor3g9vrgaab7zyupcwbg2drq.jpg)
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

काठमाडौँमा इनड्राइभको कार्यालय उद्घाटन

प्रतिक्रिया