मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

रौतहटमा हत्या श्रृंखला : शान्ति सुरक्षा कामय गर्न प्रभु साहको माग

फाइल फोटो

काठमाडौं - प्रतिनिधिसभा सदस्य प्रभु साहले रौतहटमा लगातार व्यक्ति हत्या भएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । 

आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै उनले रौतहत सदमुकाम गौरमा गौर नगरपालिका–७ सिसवाका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको पाँच दिनमैै देवाही गोनाही नगरपालिका करुनियाका शेख तैयबको गोली प्रहारबाट हत्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् । 

शान्ति सुरक्षाको माग गर्दै उनले दोषी पत्ता लगाई कानुनी कारबाही गर्न पनि माग गरेका छन् ।