नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्दा फाइल खाली देखिएपछि...

हेटौंडा- बागमती प्रदेश सभा बैठकको आज (आइतबार)को विशेष बैठकमा सरकारको लापरबाहीको नमुना पेस भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रस्तुतका लागि प्रदेश सभामा उपस्थित भएका प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई सरकारले खाली फाइल उपलब्ध गराएपछि सरकारको हतारो तथा लापरबाहीको नमुना देखिएको हो ।
प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले रातो ‘कभर’ भएको नीति तथा कार्यक्रमको फाइल पेस गरेका थिए । तर, मुख्यमन्त्रीले पेस गरेको फाइल खोलेर पढ्ने तयारी गर्दा फाइल भित्र केही नदेखिएपछि प्रदेश प्रमुख शर्मा केहीबेर अलमलमा परे ।
उनले दायाँबायाँ हेर्दा समेत समस्या समाधान नहुने देखेपछि मुख्यमन्त्रीलाई देखाउने मनसायसहित खाली रहेको फाइल देखाए । प्रदेश प्रमुखले खाली फाइल देखाएपछि मुख्यमन्त्री जम्कट्टेल पुन: रोष्टममा पुगेर आफूसँग रहेको एकप्रति नीति तथा कार्यक्रम प्रदेश प्रमुख शर्मालाई दिएपछि शर्माले कार्यक्रम सुरु गरेका थिए ।
प्रदेश प्रमुखलाई खाली फाइल उपलब्ध गराएको विषयमा प्रतिक्रिया दिँदै नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज गोसाईले ६ वर्षको प्रदेश सभा कालमा अहिलेको जस्तो लापरबाही तबरले नीति तथा कार्यक्रम आफूले नदेखेको बताए । सत्तारूढ दलहरूबीचको बेमेलका कारण यस्तो अवस्थाको सृजना भएको उनको भनाइ छ ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया