भीमफेदी कारागारका ११ कैदीबन्दीको कैद मिनाहा

मकवानपुर- गणतन्त्र दिवसका अवसरमा मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारबाट १२ जना कैदीबन्दी कैद मुक्त हुने भएका छन् । जिल्ला प्रशासन कार्यालय मकवानपुर र कारागार कार्यालयको सिफारिससहित १६ जना कैदीबन्दीलाई बाँकी कैद कट्टाका लागि नाम पठाइएकोमा १२ जनालाई कैद मिनाहाका लागि सिफारिस भएर आएको भीमफेदी कारागारले जनाएकाे छ ।
११ जना कैदीबन्दीकाे कैद माफी मिनाहा भएको छ भने १ जनाले आममाफी पाएकाे कारागार कार्यालयका प्रशासक तीर्थराज पौडेलले जानकारी दिए । कैद माफी मिनाहा हुनेमा ६ जना मकवानपुरका रहेका छन् । माफी मिनाहा हुनेमा कर्तव्य ज्यान मुद्दामा कैद काटिरहेका हेटौंडा–२ का ४३ वर्षीय सुक्रम खड्गी र ४८ वर्षीय किरण प्रजापति रहेका छन् । खड्गी र प्रजापतिविरुद्ध २०७१ पुस २० कैद तोकिएको थियो । उनीहरू २०८१ पुस २० गते छुट्ने कैदीपुर्जीमा उल्लेख गरिएको थियो ।
यस्तै सवारी ज्यान मुद्दामा कैद काटिरहेका चितवनका ३५ वर्षीय ढमराज गिरीले पनि माफी मिनाहा पाएका छन् । गिरीलाई २०७८ असोज २० गते कैद तोकिएको थियो भने २०८१ असोज २० गते छुट्ने कैदीपुर्जीमा उल्लेख गरिएको थियो । डाँका मुद्दामा कैद काटिरहेका हेटौंडाको साविक पदमपोखरी गाविस–७ का ४५ वर्षीय नामोल रुम्बाले पनि माफी मिनाहा पाएका छन् । रुम्बाविरुद्ध २०७४ साउन २३ गते कैद तोकिएको थियो भने २०८० साउन २३ गते छुट्ने कैदपुर्जीमा उल्लेख गरिएको थियो ।
खोटा चलान मुद्दामा कैद काटिरहेका बाराका २७ वर्षीय सुनिलकुमार मण्डलले पनि माफी मिनाहा पाएका छन् । मण्डलविरुद्ध २०७९ जेठ ४ गते कैद तोकिएको थियो भने २०८१ जेठ ४ गते छुट्ने कैदपुर्जीमा उल्लेख छ । यस्तै चोरी मुद्दामा कैद काटिरहेका बाराका २६ वर्षीय सुनिल क्षेत्रीले पनि माफी मिनाहा पाएका छन् । क्षेत्रीविरुद्ध २०७८ माघ २४ गते कैद तोकिएको थियो भने २०८१ साउन २४ गते छुट्ने कैदीपुर्जीमा तोकिएको प्रशासक पौडेलले बताए ।
उनका अनुसार बहुविवाह मुद्दामा कैद काटिरहेका मकवानपुरको साविक छतिवन गाविस–४ का ४४ वर्षीय सन्तलाल घलानले पनि माफी मिनाहा पाएका छन् । घलानविरुद्ध २०७९ असोज ९ गते कैद तोकिएको थियो भने २०८० साउन २४ गते छुट्ने कैदीपुर्जीमा उल्लेख गरिएको थियो । यस्तै सवारी ज्यान मुद्दामा कैद काटिरहेका बकैया–५ का ३८ वर्षीय बुद्धबहादुर सिन्तानले पनि माफी मिनाहा पाएका छन् । सिन्तानविरुद्ध २०७७ चैत ८ गते कैद तोकिएको थियो भने २०८० चैत ८ गते छुट्ने कैदीपुर्जीमा तोकिएको थियो ।
सवारी ज्यान मुद्दामै कैद काटिरहेका मकवानपुरको राक्सिराङ–२ का ५४ वर्षीय दावा भोलनले पनि माफी मिनाहा पाएका छन् । भोलनविरुद्ध २०७८ भदौ १९ गते कैद तोकिएको थियो भने २०८१ भदौ १९ गते छुट्ने कैदीपुर्जीमा उल्लेख गरिएको थियो । यस्तै रूपन्देहीका ३४ वर्षीय बसिराम पासीले पनि माफी मिनाहा पाएका छन् । पासीविरुद्ध २०७८ वैशाख १९ गते सवारी ज्यान मुद्दामा कैद तोकिएको थियो भने २०८१ वैशाख १९ गते छुट्ने कैदीपुर्जीमा उल्लेख गरिएको थियो ।
ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान मुद्दामा कैद काटिरहेका सर्लाहीका ४५ वर्षीय कपल मण्डलले पनि माफी मिनाहा पाएका छन् । मण्डलविरुद्ध २०७० चैत १२ गते कैद तोकिएको थियो भने २०८५ चैत १२ गते छुट्ने कैदीपुर्जीमा उल्लेख गरिएको थियो ।
आम माफी पाउनेकाे नाम भने कारागार कार्यालयले उपलब्ध गराएकाे छैन ।
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_0LrmBJpQrh_3ihiq0mtc9iv9wwwq7v1p75hfgveyzf7sjd6cfpowy2nkyx6qgpsahn6rose.jpg)
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो

एउटै ढुङ्गामा १०८ शिवलिङ्ग र नागसहितको मूर्ति

यसरी थप आकर्षक बनाइँदै छ थानकोटस्थित त्रिभुवन ‘पार्क ’

प्रहरी र रोटरीद्वारा पाँचसय वृक्षारोपण, ५० हजार रोप्ने लक्ष्य

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

साइकल दुर्घटनामा बालकको मृत्यु, एक घाइते

पानीजन्य जोखिम घटाउन अनुगमन, एक सय ५९ जार नष्ट

प्रतिक्रिया