होमस्टे प्रवर्धन गर्न ५ जिल्लाका होमस्टे यात्रामा राइडर

काठमाडौँ- पर्यटन संस्कृतिका लागि महत्वपूर्ण मानिएका होमस्टेको प्रवद्र्धनका लागि बाइक राइड गरिएको छ । रेभ मोटरको आयोजनामा भएको रेभ अप अन होमस्टेज शीर्षकको कार्यक्रममा राइडरहरू विभिन्न भ्रमणसँगै सकिनेछ । यसमा राइडरले लम्जुङको राईनासकोट, कास्कीको ल्वाङ, स्याङग्जाको सिरुवारी पाल्पाको गुम्बु र चितवनको मेघौलीमा पुगेर प्रवर्द्धनका कार्यक्रम गर्नेछन् । होम स्टे बसाइका क्रममा विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने र स्थानीय परिकारको स्वाद लिने पनि कार्यक्रम रहेको छ । जिल्लाका मुख्य मुख्य ठाउँमा पुग्ने कार्यक्रम रहेको ।
सोमबार होमस्टे प्रवद्र्धनका लागि यात्रामा निस्किएका युवालाई नेपाल टुरिजम बोर्डका उपाध्यक्ष चन्द्र रिजालले विदा गरेका गरेका थिए । सोअघि रिबन काटेर बाइक स्टार्ट गर्दै यात्राको शुभारम्भ भएको जनाउ दिएका रिजालले कोभिड १९ पछि पर्यटनलाई चलायमान बनाउन यो कार्यक्रमले सकारात्मक भूमिका निर्वाह गर्ने धारणा राखेका थिए ।
‘ तपाईँहरु जस्तो युवाले स्थानीय पर्यटनको प्रवद्धन गर्नु हाम्रो लागि पनि गर्वको विषय हो । जसरी आज सगरमाथा दिवसको महत्व छ, आगामी वर्षहरुमा यो राइडको पनि महत्व हुन्छ भन्ने लाग्छ अपेक्षा गर्दछु । यो किसिमको यात्राले स्थानीय उत्पादनको बजारीकरणमा पनि पक्कै टेवा पुग्नेछ, रिजालको भनाइ थियो ।
आयोजक निश्चल नेपालले युवाहरुमा सँस्कृति र मौलिकताको जानकारी गराउन राइडको कार्यक्रम गरेको जानकारी गराएका थिए । उनले साहसिक पर्यटनका लागि हिमाल नै पुग्नु पर्छ भन्ने छैन भन्ने कुरा बुझाउन पनि राइड उपयोगी हुने बताएका थिए । ु हामी जस्ता युवाहरु होमस्टेको प्रवर्धनमा लाग्दा हाम्रो गाउँ ठाउँ र रहन सहन बुझ्न सकिन्छ,'नेपालको भनाइ छ ।
सोमबार काठमाडौँबाट सुरु भएको यात्रा ५ जिल्लामा रहेका होमस्टे भ्रमणसँगै सकिनेछ । यसमा राइडरले लम्जुङको राईनासकोट, कास्कीको ल्वाङ, स्याङग्जाको सिरुवारी पाल्पाको गुम्बु र चितवनको मेघौलीमा पुगेर प्रवर्द्धनका कार्यक्रम गर्नेछन् । होम स्टे बसाइका क्रममा विभिन्न साँस्कृतिक कार्यक्रम गर्ने र स्थानीय परिकारको स्वाद लिने पनि कार्यक्रम रहेको छ ।

किन सडक मार्गबाटै ल्याइयो हेलिकप्टर ?

नागरिक उड्डयन प्राधिकरणको संरचनागत सुधार अपरिहार्यः विज्ञहरु

पर्यटकका पर्खाइमा म्याग्दीको टिकोट

हिमतालको जोखिम घटाउन जिसिएफको रु पाँच अर्ब अनुदान

नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा

चितवन राष्ट्रिय निकुञ्जमा जीप सफारी बन्द

‘वाटरपार्क’मा पर्यटन प्रवर्द्धन ठप्प

प्रतिक्रिया