मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

बजेटले मुलुकको आर्थिक समस्याको समाधान दिँदैन : अध्यक्ष ओली

फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् ।

सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन् । उनले बजेटले संकट दर्शाएको भए पनि संकटको समाधान केही पनि नदिने भनाइ राखे ।

अध्यक्ष ओलीले बजेटका बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।