सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना छैन : पूर्व अर्थमन्त्री पौडेल

काठमाडौँ- पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयनको सम्भावना नभएको बताएका छन् । सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै पूर्व अर्थमन्त्री पौडेलले सरकारले ल्याएको बजेट कार्यान्वयन हुने सम्भावना नदेखिएको बताएका हुन् ।
उनले बजेटले संकटमा रहेको अर्थतन्त्रलाई समाधानको दृष्टिकोण पनि दिन समेत नसकेको जिकिर गरे । उनले चलनचल्तीका कार्यक्रम घोषणा गर्ने बाहेक बजेटले केही गर्न नसकेकोभनाइ राखे । उनले आम नेपाली जनतामा आशा र भरोसा दिन पनि नसक्ने बताए ।
पूर्वअर्थमन्त्री पौडेलले अर्थतन्त्र देखिएको संकट र मन्दीको अवस्थालाई जुन उचाइबाट समाधान दिनुपर्ने थियो त्यस हिसाबले बजेट आउन नसकेको धारणा व्यक्त गरे ।
उनले राजश्व परिचालनको दृष्टिकोणले चालु आर्थिक वर्षमा दर्दनाक अवस्था रहेको भन्दै आगामी वर्षको बजेटले पनि लक्ष्य अनुसार राजश्व परिचालन, पुँजीगत खर्च, लगानी र ६.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य समेत पूरा गर्न नसक्ने बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया