गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लियो : विजुक्छें

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले गणतन्त्रपछि पुरानो अपराधीको ठाउँ नयाँ अपराधीले लिएको बताएका छन् ।
गणतन्त्र अघि एकजना राजाले लिएको ठाउँ अहिले धेरै राजाहरुले लिएको उनको भनाई थियो । भक्तपुरमा आयोजित एउटा कार्यक्रममा उनले ठूल्ठूला पदमा बस्नेहरू नै अपराधी भएको दोह्याए । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनेहरू देशद्रोही अपराधी भएको उनको भनाई थियो । पटकपटक अपराधी शव्द दोह्याएका उनले एकजना अपराधीको ठाउँमा धेरै अपराधीहरु हुँदा देश यो स्थितिमा पुगेको उनको भनाइ छ ।
एउटा राजाको ठाउँमा धेरै राजाहरुले ठाउँ लिंदै आएको बताउँदै आएका उनले अपराधीहरूको संख्या झनझन् बढ्ने क्रममा रहेको भन्दै चिन्ता व्यक्त गरे । उनले भने, ती अपराधीहरूले नै देशलाई, जनतालाई दोह्याइरहेका छन् । यसकारण जनता सचेत हुनुपर्ने उनको धारणा थियो ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया