वसन्तको निर्देशनमा ‘ज्वाइँ साब’ बन्ने

काठमाडौँ- निर्देशक वसन्त निरौलाको निर्देशनमा नयाँ फिल्म ‘ज्वाइँ साब’ निर्माणको घोषणा गरिएको छ । निर्देशक निरौलाले हलेसी मन्दिरमा पूजा गर्दै फिल्म निर्माणको घोषणा गरेका हुन् । रेड आई फिल्मस्को प्रस्तुतिमा निर्माण हुने यो फिल्मको छायांकन केही महिनामै सुरु हुने निर्देशक निरौलाले जानकारी दिए ।
यो फिल्मको छायांकन नेपाल, क्यानडा र अष्ट्रेलियमा गरिनेछ । फिल्मको कथा सविन अधिकारीले लेखेका हुन् । फिल्ममा शंकर धितालको पटकथा तथा संवाद छ ।निर्देशक निरौलाका अनुसार, फिल्मका लागि कलाकारहरुको छनोट जारी छ । ‘सबै कलाकार फाइनल भएपछि हामी पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौं । यो फिल्मलाई कमेडी र पारिवारिक कथामा निर्माण गरिनेछ ।’
निर्देशक निरौलाले यसअघि आफूले निर्माण गरेका फिल्म भन्दा ‘ज्वाइँ साब’ उत्कृष्ट हुने समेत बताए । निरौलाको निर्देशनमा यसअघि ‘बिजयपथ, आवेग, मेला, राजनीति’ लगायतका फिल्म निर्माण भैसकेका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया