बुबाको आग्रहमा खेलेका थिए क्याप्टेन विजय लामाले ‘अन्तिम संस्कार’

काठमाडौँ - कलाकार तथा क्याप्टेन विजय लामा निर्देशक बुबा हेम लामालाई सम्झेर भावुक भएका छन् । सोमबार साँझ उनले आफूले खेलेको फिल्म ‘अन्तिम संस्कार’को ट्रेलर रिलिजको सूचना दिँदै बुबालाई सम्झेर भावुक भएका हुन् । उनले आज आफ्नै खुट्टामा उभिए पनि सहाराको कमी महसुस गरेको उल्लेख गरेका थिए ।
‘ आज सवैथोक भएर पनि कोही नभएको जस्तो आभास हुँदैछ । आफ्नै खुट्टामा उभिएर पनि साहाराको कमी महसुस गर्दैछु । म हरेक चोटी लड्दा होस् वा चोटिँदा होस्, खुसी हुँदा होस् वा दुस्ख पर्दा मेरो बाउलाई सुनाउने गर्थेँ । आज बाउ न हुदा मसँग न दुस्ख बिसाउने ठाउँ छ न खुसी बाँड्ने ठाउँ नै छ । तिम्रो सम्झना मात्र छ ' लामाले लेखेका छन् ।
योसँगै उनले आफूलाई चलचित्र कर्ममा लगाउने पितालाई स्मरण गर्दै बुबासँग बसेर अन्तिम संस्कार सँगै हेर्ने ईच्छा अधुरै रहेको बताएका छन् । 'अन्तिम संस्कार चलचित्रको कथा सुनेपछि अभिनय गर्नु भनी आदेश दिएर चुपचाप ब्रम्हलिन भयौं । अलविदा मेरो बाऊ । मलाई र अन्तिम संस्कार चलचित्रलाई तिम्रो आर्शिर्वाद लागोस् । चलचित्रमा प्रवेश गरायौ अनि आफै यो सन्सार छोडेर जाने बेलामा पनि चलचित्र दिएर गयौ।' विजय लामाको मुख्य भूमिका रहेको फिल्म असार ८ मा प्रदर्शन हुँदैछ । फिल्मलाई प्रदीप शाहीले निर्देशन गरेका हुन् ।
विजय लामाले हेम लामाको निर्माण तथा निर्देशन रहेको आदर्श नारी चलचित्रबाट अभिनेताको रुपमा डेब्यू गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया