किङ्ग्स लाउन्ज पोखरामा गुञ्जिए काली

काठमाडौं - गायक, गीतकार तथा संगीतकार कालीप्रसाद बासकोटा र उनको साथीभाई व्याण्ड किङ्ग्स लाउन्ज पोखरामा गुञ्जिएका छन् । लाउन्जको चौथो वार्षिकोत्सवको अवसर पारेर आयोजित कार्यक्रममा कालीले आफ्ना पुरानादेखि नयाँ गीत दर्शकलाई सुनाए ।
पीभीई नेटवर्कले व्यवस्थापन गरेको कार्यक्रममा कालीले ‘अजम्बरी’, ‘माया पिरती’, ‘साली मन पर्यो’, ‘लप्पन छप्पन’ र ‘पारी त्यो डाँडामाथि’लगायतका गीत सुनाएका थिए । लाउन्जले वार्षिकोत्सवमा कालीको कार्यक्रम हेर्न आउने दर्शकका लागि निःशुल्क प्रवेशको व्यवस्था गरेपछि लाउन्ज हाउसफूल भएको थियो ।
काली नेपालसहित, भारत, अमेरिका, क्यानाडा र अष्ट्रेलियामा सांगीतिक टुरको तयारी गरिरहेका छन् । लाउन्जका सञ्चालक ध्रुव केसीले विभिन्न चुनौतीका बाबजुद पनि लाउन्जले चार वर्ष पुरा गरेकोमा खुशी व्यक्त गरे । पोखरामा किङ्ग्स लाउन्जलाई उत्कृष्ट सेवा र परिकारका लागि चिनिन्छ । कार्यक्रममा चार वर्षदेखि लाउन्जमा निरन्तर खटिरहेका कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।

संगीत पारखीका लागि 'जुनकिरी'

न्ह्यूको सङ्गीत र मेनुकाको स्वरमा नेपाली क्लासिकल गीत ‘बदमास’ सार्वजनिक

‘नारायणगोपाल युवा संगीत पुरस्कार’ सिवानी मोक्तानले पाइन्

टिकाराम खड्काको शब्द तथा शिव परियारको आवाजमा ‘मलाई जलाउँदा’ सार्वजनिक (भिडि…

‘सर्माइ भागेर’ मा ‘दर्पण छायाँ २’ जोडी पुष्प र सहारा

ब्राजिलियन डीजे 'एलोक' एलओडीमा आउँदै
नाजिर र स्मारिका अभिनित म्युजिक भिडियो ‘पिलेन उडाउनी’ सार्वजनिक

प्रतिक्रिया