भदौमा अन्यायमा परेको ‘राधा’ फेरि एक पटक भदौमा नै

काठमाडौँ - गत साल भदौ १० मा रिलिज भएको सुवर्ण थापा निर्देशित ‘राधा’ फेरि हलमा लाग्ने भएको छ । निर्देशक थापाले विदेश प्रदर्शनपछि फिल्म पुन ः हलमा रिलिज गरिन लागेको जानकारी गराएका छन् ।
गतवर्ष सो बाँडफाँडमा चित्त दुखाउँदै निर्माताले फिल्म रिलिजको तेस्रो दिन नै हलबाट उतारेका थिए । उसबेला फिल्म ‘प्रकाश’ सँगै रिलिज भएको थियो । खासगरी मल्टिप्लेक्सले कम सो र दिएका सो पनि अफ टाइममा दिएको भन्दै निर्माताले हलबाट निकाल्ने निर्णय गरेका थिए ।
निर्देशक थापाले फेसबुकमा फिल्मको एक पोस्टर सार्वजनिक गर्दै फिल्म पुनः प्रदर्शन गर्न लागिएको जानकारी दिँदै लेखेका छन् – ‘आदरणीय दर्शक महानुभावहरू अस्ट्रेलिया, नर्थ अमेरिका र यूरोपको सफल प्रदर्शन एवं विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागितापछि हामीले ‘द सेक्रेट्स अफ राधा’लाई तपाईहरूको सामु ल्याउने जमर्को गरेका छौँ । आशा छ यो अवसरमा तपाईँहरूले हाम्रो साथ दिनुहुनेछ ।’
थापाको अनुसार यो फिल्म अब भदौ २९ मा रिलिज हुनेछ । तर थापाले ताकेको यो मितिमा अहिलेसम्मलाई तीन फिल्म सोही मितिमा आउने गरी घोषणा गरेर बसेका छन् । भदौ २९ मा ‘एैँचोपैँचो’, ‘भगवत् गीता’ र ‘नांगो गाउँ’ले प्रदर्शन हुने घोषणा गरेका छन् ।
फिल्ममा सृष्टि श्रेष्ठ, खगेन्द्र लामिछाने, मेनुका प्रधान, सौगात मल्ल, दिव्य देव, बुद्धि तामाङ, लोकेन्द्र लेखक, पशुपति राई, निश्चल बस्नेत, दयाहाङ राईलगायतको अभिनय छ । ‘राधा’ले महिलाको सहनशीलतालाई कथानकमा उनेर प्रस्तुत गरेको छ । निर्देशक थापाले यो फिल्म रंगिन र ब्ल्याक एन्ड ह्वाइट गरी दुई रङमा तयार गरेका छन् । फेस्टिभलमा उनले ब्ल्याक एन्ड ह्वाइट चलचित्र पठाइरहेका छन् भने हलमा रंगिन देखाउँदै आएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया