मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

माओवादी संसदीय दलको बैठक जारी, यस्तो छ एजेण्डा

फाइल फोटो

काठमाडौं - नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सुरु भएको छ । माओवादी केन्द्रको संसदीय दलको बैठक केहीबेर अघि सिंहदरबारमा सुरु भएको हो ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणबारे छलफल हुने बताइएको छ । 

प्रधानमन्त्री प्रचण्ड जेठ १७ देखि २० गतेसम्म भारतको भ्रमण गर्दैछन् ।