सेयर बजार उच्च अंकले घट्यो

काठमाडौँ- सेयर बजार उच्च अंकले घटेको छ । मंगलबार सेयर बजार ५३.१६ अंकले ओरालो लागेर १८८८.६१ विन्दुमा झरेको छ ।
७० लाख ७४ हजार २५५ कित्ता किनबेच हुँदा कूल २ अर्ब ३४ करोड १७ लाख ७७ हजार ८४४ रुपैयाँको कारोबार भएको छ । ९ कम्पनीको मूल्य बढ्दा २०७ कम्पनीको घट्यो भने ३ कम्पनीको स्थिर रहेको छ ।
सर्वाधिक शिवम् सिमेन्ट्सको २१ करोड २४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, ग्लोबल आइएमई बैंकको प्रोमोटर सेयरको १० करोड ११ लाख, नेपाल लाइफको ८ करोड ४ लाख, चिलिमे हाइड्रोपावरको ७ करोड ४ लाख र निफ्राको ५ करोड ९७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
स्वेत गंगा हाइड्रोपावर र सिटिजन्स म्युचुअल १ को सेयरमूल्य सर्वाधिक घटेको छ । यसका साथै, सामुदायिक लघुवित्त, सयपत्री हाइड्रोपावर, आदर्श लघुवित्त लगायतका अन्य कम्पनीको सेयरमूल्य घटेको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया