बुधबार ३२ असार, २०८२
Wednesday, July 16, 2025

भारत भ्रमणमा रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताबारे छलफल हुन्छः मन्त्री साउद

फाइल फोटो

काठमाडौँ - सरकारले नेपाल—भारत जोड्ने रक्सौल—वीरगञ्ज—सिमरा नाकाको वैकल्पिक सम्भाव्यताका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन आयोजना गर्दै परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले रक्सौल—वीरगञ्ज—सिमरा नाका धेरै ब्यस्त हुने भएकाले यस मार्गको विकल्पमा अर्को मार्गसहितको नयाँ नाकाका बारेमा भारत सरकारसँग सम्भाव्य स्थानहरुको बारेमा छलफल गर्ने बताएका हुन् । 

उनले नेपालगञ्ज (रुपैसडया), भैरहवा (सुनौली) र विराटनगर (जोगवनी) लगायतका अन्य नाकाहरु पनि चलायमान बनाउने बारेमा छलफल भइरहेको बताए । उनले भ्रमणबाट सकारात्मक उपलब्धि हाँसिल हुने विश्वास रहेको बताए । उनले नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको कामका बारेमा पनि प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा छलफल हुने बताए । उनले प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरे । 

परराष्ट्रमन्त्री साउदले विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्ने कुरामा पनि सरकारको जोड रहने बताए । उनले भ्रमणमा नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास हुनेपनि बताए ।

उनले भने,  ‘कनेक्टीभिटीको क्षेत्रमा सिमरा नाका धेरै ब्यस्त छ । त्यसकारण हामीलाई नाकाको आवश्यक्ता छ । त्यो नाकाका लागि सम्भाव्य ठाउँहरुको बारेमा भारत सरकारसँग छलफल गरिरहेका छौँ । हाम्रो आवश्यक्ता पनि भनिरहेका छौँ । नेपालगञ्ज, भैरहवा र विराटनगर लगायतका नाकाको बारेमा कुरा गरेका छौँ । यो भ्रमणबाट सकारात्मक उपलब्धिसम्म पुग्ने सकिने छ भन्ने विश्वास छ । महाकालीभित्र नेपालको सुदूरपश्चिम र उत्तराखण्ड जोड्नका लागि पक्की पुल निर्माणको काम छ, यसको सम्झौता भइसकेको छ, अब कार्यान्वयनको चरणमा जानेकुरामा हामी जानेछौँ । हाम्रो बीचको सम्बन्ध जनस्तरमा छ । खुला सीमाबाट आवतजावत छ, सुमधुर सम्बन्ध छ, यो प्रधानमन्त्रीको भ्रमणपछि दुवै देशको सम्बन्ध थप बलियो हुनेछ । हामीले केही महत्वपूर्ण क्षेत्रलाई समेट्न कोशिस गरिरहेका छौँ । विद्युत आयोजनामा भारतीय लगानी आकर्षित गर्ने, नेपालका ट्रान्समिसन लाइन निर्माण गरी विद्युत व्यापारको वातावरण बनाउने, भारतसँगै बंगलादेशसँगको विद्युत व्यापार गर्नेकुरा हामीले यो भ्रमणमा गरिरहेका छौँ । हामीले नेपालमा विद्युत बिक्री हुने बजारलाई मध्यनजर गरेर भारतसँग लङ टर्म पावर डिल गर्ने प्रयास गरिरहेका छौँ । भारतसँग ट्रान्जिटिटी गर्ने बारेमा पनि यो भ्रमणमा महत्वपूर्ण कदम चालिनेछन् । नेपाल र भारतको बीचमा कृषि उत्पादन सामग्री भारतीय बजारसम्म पुग्न सहयोगका लागि आग्रह हुनेछ ।’

नेपाल र भारत सरकारबीच विभिन्न कालखण्डदेखि थाँती रहेका सीमादेखि अन्य मुद्दाहरुमा छलफल हुने बताए ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा बुधवारबाट तीन दिने भ्रमणमा भारत जान लागेका प्रधानमन्त्री दाहालले भारतीय समकक्षी मोदीसँग दिपक्षीय वार्ता गर्नेछन् । प्रधानमन्त्री दाहालले भारत भ्रमणका क्रममा भारतीय राष्ट्रपति द्रौपदी मुर्मू, उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेट गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालको भारत भ्रमणमा परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा.प्रकाशशरण महत, उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत,भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल सहभागी हुनेछन् । 

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

श्रममन्त्री भण्डारी र युएईका राजदूत अब्दुल्लाबीच भेटवार्ता

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए अमेरिकाले भिसा नदिने

पाँच वर्षदेखि प्रयोग गर्दै आएको सामाजिक सञ्जालबारे भिसा आवेदकले जानकारी नदिए…

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

नेपाल–चीनबीच मित्रताको नमुनाः नीलकण्ठ माविको पुनःसंरचना

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य आवश्यक छ

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द विष्ट

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…