स्वयंसेविकाले जोखिम भत्ता पाएनन्

दैलेख : ठाटीकाँध गाउँपालिकाका स्वयंसेविकाले कोभिड-१९ जोखिम भत्ता पाएका छैनन् । महामारीको पहिलो लहर सुरु भएसँगै तीनै तहका सरकारले रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाए ।
यस पालिकाले सामुदायिक तथा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अहेव, अनमी तथा स्वास्थ्य स्वयंसेविकालाई महामारीमा ज्यान जोखिममा राखेर गाउँगाउँमा खटायो । नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सामग्री वितरण गरे । यसरी खटिएको एक वर्ष बितिसक्दा पनि उनीहरूले सरकारले दिने भनेको जोखिम भत्ताबापतको रकम नपाएको गुनासो गरेका छन् ।
ठाटीकाँध–३ मा रहेको विशाला उपस्वास्थ्य चौकीमा कार्यरत स्वयंसेविका पवित्रा गौतमले गत वर्ष महामारीको समयमा गाउँभरी स्वास्थ्य सामग्री वितरणमा खटिए पनि सरकारले दिने भनेको जोखिम भत्ता नपाएको गुनासो गरिन् ।
'हामीले गाउँपालिकाको निर्णयलाई मानेर आफ्नो ज्यान जोखिममा राख्दै नागरिकको घरदैलोमा पुगी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सुझाव दियौँ, स्वास्थ्य सामग्री वितरण गर्यो,' उनिन्, 'गाउँपालिकाले कहिले भारतबाट आएका व्यक्तिको विवरण ल्याउन भन्यो, कहिले वृद्धवृद्धाको विवरण बनाएर सम्बन्धित वडा कार्यालयमा बुझाउ भन्यो, सबै काम गर्यौ, तर आजसम्म जोखिम भत्ता पाएका छैनौँ, हाम्रो दुःख गाउँपालिकाले बुझेन ।'
गाउँपालिकाले दैनिक एक हजार ५०० रुपैयाँ भत्ता दिने निर्णय गरेको भन्ने कुरा पनि सुनेको उनले सुनाइन् । 'अहिलेसम्म कुनै रकम पाएका छैनौँ, वडा कार्यालयमा यस विषयमा कुरा गर्दा गाउँपालिकाको बैठकमा कुरा राखेका छौँ मात्र भन्छन्', गौतमले भनिन्, 'निःशुल्क काम गर भनेका भए गर्ने थियौँ ।'
गाउँपालिकाका योजना तथा अनुगमन शाखाप्रमुख मनबहादुर थापाले गाउँपालिकाका सबै स्वयंसेविकाले कोरोना भत्ता नपाएको स्वीकार गरे ।

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरू

प्रदेश सरकारले पैतृक सम्पत्तिमा कर बढायो

अज्ञात रोग फैलिँदा चङ्खेलीमा ३० भन्दा बढी पशुवस्तु मरे

कर्णालीमा १६ हजार घरको विपद् बिमा

भेरी नदीमा पानीको सतह बढेकाले सतर्कता अपनाउन आग्रह

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

कर्णालीमा ५० ठाउँमा तुइन रहेको प्रारम्भिक रिर्पोट

प्रतिक्रिया