नेपाली बजारमा भित्रिँदै गरेका रियलमीका स्मार्ट फोन किन किन्ने ?

काठमाडौं–रियलमीले एन सिरिज अन्तर्गतका दुईवटा दमदार स्मार्टफोन मोडलहरु नेपालमा ल्याउने भएको छ । एनले संकेतात्मक रुपमा विविधता, नयाँँपन र असिमित सम्भावनाहरुलाई जनाउने कम्पनीले जनाएको छ ।
रियलमी नेपालले यी मोडलहरु आफ्नो छुट्टै रुची, लगाव र लक्ष्य भएका जेनेरेसन जेड (जेन जि) का लागि डिजाइन गरिएको जनाएको छ । यी नयाँ स्मार्टफोनहरूमा ब्याट्री (चार्जिङ), चिपसेट(कार्यसम्पादन) र क्यामेराहरूमा आधुनिक अपडेटहरूका साथ स्मार्टफोनको बजारमा नयाँँ परिवर्तन ल्याउनेछन् ।
रियलमीको अहिलेसम्मकै सबैभन्दा स्लिम मोडल–नार्जो एन ५३
यो रियलमीको अहिलेसम्मको सबैभन्दा स्लिम मोडल हो । यसमा ३३ वाटको फास्ट चार्जिङ, क्यामरा र लेटेस्ट चिपसेट रहेको छ । त्यस्तै यसमा ९० हर्जको आकर्षक एफएचडि डिस्प्ले र नयाँँ मिनी क्याप्सुल फिचर रहेको छ । यो एन सिरिजको नेक्स्ट जेन क्विक र नेक्स्ट जेन सिक स्मार्टफोन हो ।
ब्याट्रीको असली पावर हाउस – नार्जो एन ५५
नार्जो एन ५५ मा शक्तिशाली ५००० एमएएचको ब्याट्री र सुपर फास्ट ३३ वाटको सुपर भोक चार्जिङ भएकोले बिजुली चम्केको गतिमा फोन चार्ज हुन्छ । त्यस्तै यसमा गज्जबका फोटोग्राफी फंक्सन भएका ६४ एमपिको एआइ क्यामरा र ८ एमपिको सेल्फी क्यामरा रहेको छ । ९० हर्जको रिफ्रेस रेट भएको फुल एचडि प्लस डिस्प्लेले गर्दा फोन चलाउन एकदमै सहज अनुभव हुन्छ । साथै यसमा मेडियाटेक हेलियो जि८८ चिपसेट, १२ जिबिको डाइनामिक र्याम, रियलमि युआइ ४.० र नयाँँ अटो पिक्सलेट सेफ्टी फिचर पनि रहेको छ ।

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…

दराजद्वारा ७.७, 'ह्वाट द फ्ल्याश' सेलको घोषणा

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

प्रतिक्रिया