लिभिङ थिङ्स डिजाइनले भारतमा 'बेस्ट इन्टेरियर डिजाइनर अफ द इयर-२०२३' अवार्ड पायो

काठमाडौँ- लिभिङ थिङ्स डिजाइनले ‘बेस्ट रेसिडेन्सियल इन्टेरियर डिजाइनर इन नेपाल’ अवार्ड पाएको छ । मेरिट अवार्ड्स एण्ड मार्केट रिसर्च (एम ए एम आर) को फर्म्स विधामा लिभिङ थिङ्स डिजाइनले उक्त अवार्ड पाएको हो ।
लिभिङ थिङ्स डिजाइनका प्रबन्ध निर्देशक शशि भूपाल सिंहले उक्त अवार्ड ग्रहण गरेका थिए । उनी व्यक्तिगत विधामा ‘बेस्ट इन्टेरियर डिजाइनर अफ द इयर–२०२३ (नेपाल)’ उपाधिबाट सम्मानित भएका हुन् ।
'एम ए एम आरले' भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा लिभिङ थिङ्स डिजाइनलाई अवार्ड प्रदान गरिएको थियो । वास्तुकार र डिजाइन अवार्ड २०२३ को सातौं संस्करणमा दुई फरक विधामा व्यक्तिहरूलाई पुरस्कार प्रदान गर्ने गरिन्छ ।
यसअघि 'एम ए एम आर' 'पी ए एन' व्यक्ति र फर्महरूलाई मनोनयन र पुरस्कार दिँदै आएको थियो। यस वर्ष उनीहरूले नेपालका केही कम्पनीलाई समेत समेटेका छन् । देशभित्र हुने अवार्ड उनीहरूले अन्तर्राष्ट्रियकरण गरेका छन् ।
अवार्ड ग्रहण गरेपछि अवार्डबाट डिजाइन र आर्किटेक्चरको क्षेत्रमा काम गर्नेका लागि प्रेरणाको स्रोत बनेको बताए । यस्ता सम्मानले नेपालका डिजाइनर र आर्किटेक्टहरूलाई थप हौसला मिल्ने उनको भनाइ थियो ।
लिभिङ थिङ्स डिजाइन काठमाडौँको महाराजगञ्जमा रहेको छ । वास्तुकला र आन्तरिक डिजाइन/निर्माण कम्पनी हो । सन् २०१२ मा लिभिङ थिङ्स स्थापना भएको हो । अवार्डबाट सम्मानित हुँदा लिभिङ थिङ्स उत्साहित बनेको उनले प्रतिक्रिया दिए ।
अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो बजारीकरण भएकोमा उनले खुसी व्यक्त गरे । डिजाइनमा सिर्जनात्मक, उत्कृष्ट खोजेर प्रतिबद्धता जाहेर गरिहेको उनको ठहर छ ।
'एम ए एम आर' नयाँ दिल्लीको सबैभन्दा ठूलो स्वतन्त्र रुपमा मार्केटिङ गर्ने अनुसन्धान संस्थाह हो । संगठनले ठूला र साना रणनीतिक, परामर्श र व्यापारका लागि सल्लाह सुझाव दिने गर्छ । प्रत्येक वर्ष 'एम ए एम आर' ले अनुसन्धान र वास्तुकला र डिजाइन, स्वास्थ्य हेरचाह, दन्त चिकित्सा, व्यापार र शिक्षाका लागि पुरस्कार मनोनयन गर्दछ ।

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया