सेयर बजार बुधबार पनि सम्हालिएन

काठमाडौं - सेयर बजार बुधबार पनि सम्हालिएन । बुधबार नेप्से सूचक ३८.८३ अंकले घटेर १८४९.७९ विन्दुमा आएको छ । २ दिनमै बजार करिब ९२ अंकले घटिसकेको छ । यसदिन २ अर्ब ३१ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
पुँजीगत लाभकरलाई नै अन्तिम कर मान्नुपर्ने लगानीकर्ताले बताएका छन् । बजेटमा लगानीकर्ताले हाल तिरिरहेको पुँजीगत लाभकर अन्तिम नभएको अर्थ लाग्ने गरी भाषा प्रयोग गरिएको छ । बजेट सेयर बजारमैत्री नभएको भन्दै लगानीकर्ताहरु रुष्ट छन् । लगानीकर्ता रिसाँउदा बजार मंगलबारदेखि घटिरहेको छ । अघिल्लो दिन घटेको नेप्से बुधबार पनि सम्हालिन नसकेको हो ।
यस दिन २६२ कम्पनीको ८७ लाख ३६ हजार कित्ता सेयर कारोबार भएको छ । ३४ करोड २८ लाख रुपैयाँसहित कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयर अग्रस्थानमा परेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र स्टान्डर्ड चार्टर्ड बैंक परेका छन्

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया