मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक : लोसपा

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक भएको जनाएको छ । 

बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले उक्त विधेयक प्रमाणीकरण गरेपछि लोसपा अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति जारी गरेर नागरिकता विधेयक प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । 

प्रेस विज्ञप्ति

प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुई/दुई पटक पारित भएर पनि विगत लामो समयदेखि रोकिएर रहेको नागरिकता विधेयक अन्ततः आज महामहिम राष्ट्रपति ज्युद्वारा संविधानको धारा ६१ को उपधारा (२), (३), (४) तथा संविधानको धारा ६६ बमोजिम सर्वोच्चले प्रतिपादन गरेको सिद्धान्त बमोजिम प्रमाणीकरण हुनु अत्यन्तै सकारात्मक हो । यसले खास गरी राज्यविहीनताको स्थितिमा रहेका नेपाली नागरिकहरूको पीडामा मलहमको काम गर्नेछ र समग्रतामा समेत नागरिकता सम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ । यस प्रक्रियामा न्यायसंगत रूपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद ।

महन्थ ठाकुर
अध्यक्ष