युएफा युरोपा लिगको फाइनल खेल आज राति हुँदै

काठमाडौँ- बुधबार राति हंगेरीको राजधानी पुस्कास एरिनामा युएफा युरोपा लिगको फाइनल खेल हुँदैछ । स्पेनिश क्लब सेभिल्ला र इटालियन क्लब ए एस रोमाबीच खेल नेपाली समय अनुसार राति १ : ४५ मा हुनेछ ।
युरोपा लिगको सबैभन्दा सफल क्लब सेभिल्लाले छ वटा फाइनल खेल खेल्दा छ वटामै जित निकाल्न सफल भएको छ । र, यस पटक पनि जित निकालेर सातौं पटक जित्ने दाउमा छ सेभिल्ला ।
प्रशिक्षक जोसे मोरिन्होको एएस रोमाले भने सेभिल्लालाई रोकेर पहिलो पटक उपाधि जित्न चाहन्छ । रोमाका प्रशिक्षक मोरिन्होले युरोपेली फुटबलको फाइनल खेलमा कहिल्यै पनि हार व्यहाेर्नु परेकाे छैन ।
मोरिन्होको नाममा पाँचवटा युरोपेली उपाधिहरू (दुई च्याम्पियन्स लिग, दुई युरोपा लिग र गत वर्षको उद्घाटन गरिएको युरोपा कन्फरेन्स लिग) छन् ।
युरोपा लिगको विजेताले नेपाली एक अर्ब रुपैयाँभन्दा बढी पुरस्कार राशि पाउने छन् ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया