हिमालयन र इन्भेष्टमेन्टको विस्तृत ड्यू डिलिजेन्सपछि सेयर स्वाप अनुपात टुङ्गो लगाइने

काठमाडौँ : बिहीबार नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकले मर्जर (गाभ्ने/गाभिने) प्रारम्भिक सम्झौता गरेपछि सेयर बजारका लगानीकर्ताको चासो भने सेयर मिलान अनुपात (सेयर स्वाप रेसियो) मा छ । व्यवस्थापनको नेतृत्व तथा सञ्चालक क–कसलाई बनाउने भन्ने विषयमा मूर्त सहमति नहुँदा मर्जर सम्झौता हुने/नहुने अन्यौल नै थियो ।
यसैबीच बिहीबार मर्जर सम्झौता हुने सुइँको पाएका लगानीकर्ताले नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर उठाउन भ्याए । बिहीबार बजार बन्द भएलगत्तै सम्झौता भएपनि यसको सुइँको पाएका लगानीकर्ता इन्भेष्टमेन्ट बैंकको सेयर किन्न लागेका थिए । बिहीबार दोस्रो बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर १.५५ प्रतिशतले बढेर अन्तिम कारोबार ४६० रुपैयाँमा भएको छ । इन्भेष्टमेन्ट बैंकको सेयर प्रतिकित्ता ४८४ रुपैयाँसम्म माग भएको थियो । तर हिमालयन बैंकको सेयर भने ०.६२ प्रतिशतले घटेर प्रतिकित्ता ४८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । लगानीको प्रतिफलका हिसाबले चालु आर्थिक वर्षको चैत (त्रेस्रो त्रैमास)सम्म हिमालयन बैंकको भन्दा इन्भेष्टमेन्ट बैंकको प्रतिफलदर राम्रो देखिन्छ ।
मर्जरको प्रारम्भिक सम्झौतामा अध्यक्ष, सञ्चालक र व्यवस्थापनको नेतृत्व तथा मर्जरपछि बैंकको नाम टुङ्गो लागेको छ । तर, सेयर मिलान अनुपात (स्वाप रेसियो) लगायतका विषय टुङ्गो लाग्न बाँकी रहेको हिमालयन बैंकका सीईओ अशोक शमशेर राणाले बताए ।
‘विस्तृत ड्यु डिलिजेन्सपछि सेयर मिलान अनुपात लागायत टुङ्गो लगाउँछौं,’ उनले भने, ‘अहिले दुवै बैंकको विस्तृत ड्यु डिलिजेन्स अडिट भैरहेको छ ।’ उनले अहिले सबै तयारी आगामी आर्थिक वर्षदेखि संयुक्त कारोबार गर्नेगरी भइरहेको बताएका छन् ।
बैंक |
नेटवर्थ (रुपैँया) |
नाफा २०७७ चैत मसान्त (रुपैँया) |
रिटर्न अन इक्विटी (स्वपुँजी प्रतिफल) % |
पुँजी पर्याप्तता अनुपात % |
शाखा संख्या |
नेपाल इन्भेष्टमेण्ट बैंक |
३० अर्ब ३५ करोड |
२ अर्ब ८४ करोड |
१३.८० |
१४.७८ |
८६ |
हिमालयन बैंक |
१८ अर्ब ३५ करोड |
१ अर्ब २८ करोड |
१०.०५ |
१३.१९ |
७० |

माथिल्लो सार्दी खोला जलविद्युत आयोजनामा एनएमबि बैंकको एकल ऋण लगानी

एनआईसी एशिया बैंकका ग्राहकले हेयर एण्ड शान्ति सैलुनमा १० प्रतिशत छुट पाउने

सिद्घार्थ बैंकका ग्राहकहरुलाई सारंग हेल्थ केयरमा १० प्रतिशत सम्मको छुट

सानिमा बैंकको अन्तरबैंक टेलर क्युआर कारोबार सेवा सञ्चालन

एनआईसी एशिया बैंकका ग्राहकले भक्तपुर इन्टरनेसनल हस्पिटलमा २० प्रतिशत छुट पाउने

ग्लोबल आइएमई बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो अस्पतालमा १०% छुट

एनआईसी एशिया बैंक र एएसजी आई केयर एण्ड हेल्थ सर्भिसबीच आँखा उपचारमा सहकार्य,…

प्रतिक्रिया