स्वास्थ्य मन्त्रालयले दियो निर्देशनः गरिब, असहाय र बेवारिसेको निःशुल्क उपचार गर्नू

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्पूर्ण सरकारी, निजी, सामुदायिक अस्पताल, प्रतिष्ठान तथा मेडिकल कलेजहरूलाई कुल शय्याको १० प्रतिशत छुट्याई विपन्न, असहाय तथा बेवारिसे बिरामीको नि:शुल्क उपचार गर्न आग्रह गरेको छ ।
स्वास्थ्य संस्था सञ्चालनसम्बन्धी मापदण्ड २०७७ को दफा ७० मा यो व्यवस्था भए पनि मन्त्रालय मातहतका निकायमार्फत नियमित तथा आकस्मिक अनुगमन गर्दा मापदण्डअनुरुप नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यससँगै अस्पतालमा पार्किङ शुल्क उठाउने गरेको, कार्यरत जनशक्तिलाई न्यूनतम् पारिश्रमिकसमेत उपलब्ध नगराएको लगायत गुनासा आएकाले प्रचलित कानुनमा व्यवस्था भएका सम्पूर्ण व्यवस्था पूर्ण रुपमा पालना गर्न स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

बिहेमा खाजा खाँदा जन्तीसहित एक सयभन्दा बढी बिरामी

डेंगु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह

अब एआईले सम्झाउने छ श्वासप्रश्वाससम्बन्धी बिरामीलाई इन्हेलरको प्रयोग गर्न

गर्मीको फल जामुन खानुहोस्, मधुमेहवाट टाढा रहनु होस्

गर्मीको सुपर फुड करेला, झुक्किएर पनि नखानुहोस् यी चीजसँग

सरकार र आन्दोलनरत आवासीय चिकित्सकबीच चार बुँदे सहमति

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

प्रतिक्रिया