रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिन्छौँ : भारतीय प्रम मोदी

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिएर काम अघि बढाउने बताएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँगको भेटवार्तापछि हैदरबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले भारत र नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत रहेको बताउँदै रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई तीव्रता दिइने जानकारी दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्ड र आफूले रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाउने निश्चित गरेको मोदीको भनाइ छ । ‘नेपालको धार्मिक र सांस्कृतिक सम्बन्ध पुरानो र मजबुत छ । यो सुन्दर कडी अझ मजबुत बनाउन प्रचण्डजी र मैले निश्चित गरेका छौँ कि रामायण सर्किटसँग सम्बन्धित परियोजनालाई द्रुत गतिमा अघि बढाइनेछ,’ पत्रकार सम्मेलनमा मोदीले भने ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया