आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

तल्लो अरुण र फुकोट कर्णाली जलविद्युतको जिम्मा भारतले पायो

नयाँ दिल्ली- तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् निर्माणको जिम्मा भारतले पाएको छ । नेपालले तल्लो अरुण र फुकोट कर्णालीको जिम्मा भारतीय कम्पनीलाई दिने सम्झौता गरेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को भारत भ्रमणका क्रममा बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि बिहीबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत् निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिन सम्झौता भएको हो ।

सम्झौतापत्रमा नेपालको तर्फबाट वाणिज्यमन्त्री रमेश रिजाल र भारतीय पक्षबाट वाणिज्यमन्त्री पियुष गोयलले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार गोखरपुर बुटवल ४०० केबी प्रसारण लाइन निर्माणका लागि विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी हुनेछ । यसको लागत चार अर्ब ६२ करोड भारतीय रुपैयाँ हुनेछ । 

संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री माेदीले आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली भारतले किन्ने लक्ष्य लिएकाे जानकारी दिए । 

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह