सुनसरी प्रशासनले सार्वजनिक स्थानमा धुम्रपान सेवनमा लगायो प्रतिबन्ध
काठमाडौँ- सुनसरी जिल्ला प्रशासन कार्यालयले सार्वजनिक स्थानमा धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवनमा प्रतिबन्ध लगाएको छ । बिहीबार प्रशासनले सूचना जारी गर्दै सार्वजनिक स्थलमा चुरोट, बिडी, तमाखु, सुल्फा, कक्कड, सुर्ती, खैनी, गुटखा र मुखमा राख्ने अन्य वस्तु वा नशा दिने पदार्थमा सेवनमा रोक लगाएको हाे ।
गृह मन्त्रालयको स्थानीय तथा प्रदेश समन्वय शाखाको च. न ९२४ को जेठ १६ गतेको पत्रअनुसार सुर्तीजन्य पदार्थ ऐन, २०६८ प्रभावकारी रूपमा कार्यान्वयन गराउने व्यवस्था भएबमोजिम सार्वजनिक स्थानमा धुम्रपान निषेध गरिएको हो ।
सार्वजनिक स्थानमा धुम्रपान र सुर्तीजन्य पदार्थको सेवन नगर्ने, अन्य व्यक्तिबाट हुने प्रयोगलाई निरुत्साहन गर्ने, सार्वजनिक स्थललाई धुम्रपान र सुर्तीजन्य पदार्थ मुक्त गराउने जारी सूचनामा उल्लेख छ ।
प्रचलित कानुन उल्लंघन गर्नेलाई सार्वजनिक स्थलबाट बाहिर निकालिने वा तोकिए बमोजिमको जरिवाना तिराएर कारबाही गरिने सूचनामा उल्लेख छ ।

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

११ विधामा उत्कृष्ट इञ्जिनियरलाई सम्मानसहित पुरस्कृत गरिँदै, आवेदनकाे आज अन्तिम…

भोजपुरको धोद्नेखानीमा एकापरिवारका चार जनाको हत्या

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

प्रतिक्रिया