नेप्से सूचक १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम

काठमाडौँ- बिहीबार सेयर बजारमा झिनो अंकको सुधार देखिएको छ । आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणपछि भारी गिरावट आएको नेप्से सूचक बिहीबार १६.५४ अंकले बढेर १८६६ विन्दुमा कायम हुन पुगेको छ ।
अघिल्ला दिनको तुलनामा बिहीबार कारोबार रकम भने घट्न पुगेको छ । नेप्सेमा सूचीकृत २७२ कम्पनीको ६१ लाख २८ हजार ६२१ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६५ करोड ४६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, नेप्सेमा रहेका सबै उपसूचकमा बिहीबार हरियाली छाएको छ । सर्वाधिक निर्जीवन बिमा उपसूचक १.९३ प्रतिशत र होटल तथा पर्यटन उपसूचक १.४९ प्रतिशतले बढेको छ ।
सर्वाधिक प्रभु बैंकको प्रोमोटर शेयर २३ करोड २१ लाख रुपैयाँ, शिवम् सिमेन्ट्सको ११ करोड २५ लाख, एनआइसी एशिया बैंकको ४ करोड ५५ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ४१ लाख र निर्धन उत्थान लघुवित्तको ३ करोड ३१ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

आईपीओ जारी गर्दै पैचो पसल , एनआईसी क्यापिटलसँग सम्झौता

सन नेपालले २७ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने

सामान्य अंकले घटयो सेयर, कारोबार भने बढयो

पियोर इनर्जीको भोलिदेखि आइपीओ खुल्ने

पियोर इनर्जीको चैत २८ गतेदेखि सर्वसाधारणका लागि आइपीओ खुला हुँदै

विन नेपाल लघुवित्तको आजदेखि खुल्यो एफपीओ

पियोर इनर्जी चैत २८ गतेदेखि आइपीओ बिक्री गर्दै

प्रतिक्रिया