स्वास्थ्य मन्त्रालयको जिम्मेवारी मन्त्री मेन्याङ्बोलाई

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जसपाकी निर्मला लिम्बुको राजीनामापछि खाली भएको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्बोलाई दिएका छन् ।
बुधबार लिम्बुले मन्त्री पदबाट राजीनामा दिएपछि उक्त मन्त्रालय मन्त्रीविहीन बनेको थियो । लिम्बुले बुधबार नै मुख्यमन्त्री कार्कीलाई राजीनामा पत्र बुझाएकी थिइन् ।
मुख्यमन्त्री कार्कीले पनि खाली भएको मन्त्रालयको कार्यभार बुधबार नै मन्त्री मेन्याङ्बोलाई तोकेका थिए । मन्त्री पदबाट राजीनामा दिएकी लिम्बु र मन्त्रालयको जिम्मेवारी सम्हालेका मेन्याङ्वो दुवै ताप्लेजुङवासी हुन् ।
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री मेन्याङ्बोले बिहीबार मन्त्रालय पुगेर कार्यभार सम्हालेका छन् । उनलाई मन्त्रालयकी सचिव डा.सुधा देवकोटा लगायत मन्त्रालयका कर्मचारीहरूले स्वागत गरेका थिए ।

कोशी प्रदेशसभाबाट प्रतिस्थापन विधेयक पारित

लम्पी स्किनबाट पशु सङ्क्रमित हुँदा किसान समस्यामा
भोजपुर हत्या घटना : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

करेन्ट लागेर जिमीको मृत्यु
भोजपुर धोद्नेखानी घटना : मृतकको शव परीक्षण गर्न धरान पठाइने

सोलुखुम्बुको सल्लेरीमा ‘स्केट पार्क’

झापामा पर्याप्त वर्षा नहुँदा रोपाइँ प्रभावित

प्रतिक्रिया