चोरी घटनामा १ सय ३१ जना कारागार चलान

जनकपुरधाम- चोरी घटनामा संलग्न रहेको आरोपमा धनुषाबाट १ सय ३१ जनालाई कारागार चलान गरिएको छ । बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले विभिन्न मितिमा पक्राउ परेका १३ जनालाई सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा हालसम्म १० महिनाको अवधिमा चोरी घटना मुद्दा र चोरी घटनामा पक्राउ परे पनि अभद्र व्यवहार दर्ता भएका मुद्दामा गरी १ सय ३१ जनालाई कारागार पठाएकाे हाे ।
पत्रकार सम्मेलनमा सार्वजनिक गरिएका चोरी आरोपमा पक्राउ परेकाहरू सुनका गरगहना, मोटरसाइकल, साइकल र मोबाइल चोरी घटनामा संलग्न रहेको जिप्रका प्रमुख एसी विश्वराज खड्काले जानकारी दिए । उनले भने, 'जिल्ला प्रहरी कार्यालय धनुषाले परिचालन गरेको २५ सदस्यीय टोलीको सहयोगमा पक्राउ गरिएको हो ।'
उनले जेठ १० गतेसम्म चोरी आरोपमा पक्राउ परेका मध्ये एक जना धरौटीमा छुटेको, ३ जना कारागार चलान भएको जानकारी दिँदै बाँकी २३ जनासहित हाल पक्राउ परेका १३ गरी ३६ जना अनुसन्धानका क्रममा रहेको जानकारी समेत दिए । साथै विभिन्न मितिमा बरामद गरिएका १३ वटा मोटरसाइकल सार्वजनिक गरियो । एसपी खड्काले बरामद गरिएका मोटरसाइकल प्रमाणसहित आएमा मोटरसाइकल धनीलाई बुझाइने बताए ।
चालु आर्थिक वर्षको १० महिनाको अवधिमा ७ सय फरार प्रतिवादीलाई पक्राउ गरी ६७ लाखभन्दा बढी रकम जरिवाना र साढे ७ करोड रुपैयाँ भन्सार चोरी निकासीबाट बरामद गरिएका सामानबाट राजश्व संकलन गरिएको उनले बताए ।
धनुषामा चालु आ.व.मा हालसम्म ४ सय ३८ वटा चोरी घटना भएकोमा ९९ वटा चोरी घटना मुद्दा दर्ता भएको र पीडितले जाहेरी दिन नमानेपछि चोरी घटनालाई अभद्र व्यवहार मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइएको एसपी खड्काले जानकारी दिए ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया