८ वर्षपछि पक्राउ परे हत्या आरोपी अन्सारी

जनकपुरधाम : अपहरण गरी हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई महोत्तरी प्रहरीले ८ वर्षपछि पक्राउ गरेको छ । महोत्तरीको साबिक सुन्दर गाविस-१ र हालको सोनमा गाउँपालिका-८ निवासी पंकज यादवको २०६९ साल चैत ४ गते अपहरण गरी हत्या गरेको आरोप लागेका एकडारा गाउँपालिका-३ भटौलियाका जीवछ अन्सारीलाई प्रहरीले बुधवार जलेश्वर नगरपालिका-३ सीमावर्ती क्षेत्र भिट्ठामोडबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
अन्सारीलाई २०७२ साल जेठ १८ गते जिल्ला अदालत महोत्तरीले अपहरण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र २ लाख ७५ हजार रुपैया जरिवाना तोकेको थियो । त्यसबेलाबाट खोजीको सूचीमा रहेका अन्सारीलाई थप कारबाहीका लागि अदालतको जिम्मा लगाइने महोत्तरी प्रहरीले जनाएको छ ।
धनुषाको सदरमुकाम जनकपुरधाममा डेरा गरी बसेका कक्षा १२ मा अध्ययनरत पंकज यादवलाई २०६९ सालमा अन्सारीको नेतृत्वको समूहले अपहरण गरी फिरौती लिएर हत्या गरेको थियो । घटनामा सिरहा अर्नमाका गणेशकुमार सिंह, धनुषा भरतपुरका कुशेश्वर ठाकुर, सुखवा महेन्द्रनगरका बिकरु भन्ने कृष्णाकुमार पुर्वे, राजु सिंह र श्यामा मिश्रासहितको समूहले योजनावध्द रुपले पंकजका बुवा श्यामराय यादवसँग फिरौती लिई हत्या गरेको प्रहरीले बताएको छ ।
घटनामा संलग्न बिकरु भन्ने कृष्णाकुमार पुर्वे हाल कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद र अपहण तथा शरीर बन्धक मुद्दामा १७ वर्ष कैद र २ लाख ७५ हजार रुपैयाको सजायमा सुनसरी कारागारमा थुनामा छन् । त्यस्तै कुशेश्वर ठाकुर कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद फैसला भएर भिमफेदी कारागारमा छन् । घटनामा संलग्न राजु सिंह र श्यामा मिश्राको खोजी जारी रहेको प्रहरी नायब उपरिक्षक प्रकाश विष्टले जानकारी दिए ।
भोजपुरी भाषा सिकाउँदै वीरगञ्ज महानगर

पर्सामा तीन लाख ५१ हजार ६२८ मतदाताको नाम अद्यावधिक

नवराजपुरमा मैथिली भाषाको पाठ्यपुस्तक लागू

‘हाम्रो माया घर’ निर्माणले गति लियो

मोटरसाइकल आपसमा ठोक्किँदा दुवै चालकको मृत्यु

पानीमा डुबेर दुई बालकको मृत्यु

ट्युवेलमा पानी खान जाँदा करेन्ट लागेर पुजारीको मृत्यु

प्रतिक्रिया