अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले छाडे पीएसजी

काठमाडौँ- ३५ वर्षीय अर्जेन्टिनी विश्वकप च्याम्पियन लियोनल मेस्सीले सिजनको अन्त्यमा फ्रेन्च क्लब पीएसजी छाड्ने पक्का भएको छ । मेस्सी २०२१ मा पीएसजीमा आबद्ध भएका थिए । मेस्सीले पीएसजीबाट खेल्दा २ सिजनमा २ पटकनै फ्रेन्च लिगको उपाधि जितेका थिए ।
'मलाई फुटबल इतिहासको उत्कृष्ट खेलाडीको प्रशिक्षण गर्ने सुवर्ण अवसर प्राप्त भयो, यो साता पीएसजीमा मेस्सीको क्लर्मन्टविरुद्ध पार्क डेस प्रिन्सेसमा अन्तिम खेल हुनेछु,' पीएसजीका प्रशिक्षक क्रिस्टोफ गाल्टियरले पत्रकार सम्मेलनमा भने ।
लियोनल मेस्सीले पीएसजीका लागि ७४ खेलमा ३२ गोल र ३४ असिस्ट गरेका छन् । मेस्सीले हालै मात्र फ्रेन्च लिगको उपाधि जित्दै ड्यानी आल्भेससँगै सबैभन्दा धेरै ट्रफी जित्ने कीर्तिमान (४३ ट्रफी) बराबरी गरेका थिए ।
लियोनल मेस्सी अर्को सिजन कहाँ जाने कुराको भने निश्चित भएको छैन ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया