ग्लोकल टिन हिरो नेपाल २०२३ को नवौँ संस्करणका लागि आवेदन खुल्ला

काठमाडौँ– गोल्छा ग्रुपद्वारा ‘ग्लोकल टिन हिरो नेपाल–२०२३’को नवौं सँस्करणका लागि आवेदन खुलेको घोषणा गरिएको छ । यस वर्ष ‘ग्लोकल टिन हिरो नेपाल’ सेप्टेम्बर १, २०२३ मा हुने अवार्ड कार्यक्रम र सम्मेलन मार्फत घोषणा गरिने भएको हो ।‘ग्लोकल टिन हिरो’, ग्लोकल प्राइभेट लिमिटेडको एक कार्यक्रम भएको र
यसको उद्देश्य किशोर किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर गर्ने रहेको बताइएको छ ।
उपाधिको माध्यमबाट किशोर किशोरीहरूमा उद्यमशील सोच विकास एवं रचनात्मक सुरुवातका लागि थप उर्जा प्रदान गर्ने कम्पनीले विश्वास लिएको छ ।
सन् २०१५ मा सुरु भएर काठमाडौंका किशोर किशोरीहरूलाई मात्र लक्षित गरेर पछि सन् २०१६ सम्ममा यसले नेपालका सबै किशोर किशोरीहरूका लागि राष्ट्रिय मञ्च उपलब्ध गराउन राष्ट्रव्यापी रूपमा आफ्नो कार्य विस्तार गरेको थियो । ग्लोकल टिन हिरोलाई भारतमा, श्रीलंकामा र त्यसपछि बंगलादेशमा क्रमशः २०१९, २०२० र २०२२ मा सुरु गरिएको थियो ।
हालसम्म नेपालका आठ किशोरकिशोरीहरूलाई ‘ग्लोकल टिन हिरो नेपाल’का रूपमा सम्मानित गरिएको छ ।
सेप्टेम्बर १ मा ‘ग्लोकल टिन हिरो नेपाल’ आयोजना गरिने भएको छ । कार्यक्रम शिक्षा, उद्यमशीलता, कुटनीति, एवम अन्य विविध क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा सञ्चालन गरिने बताइएको छ ।
निर्णायक टोलीमा गोल्छा ग्रुप प्राइभेट लिमिटेडकी निर्देशक सीमा गोल्छा, कोकाकोला कम्पनीका कन्ट्री निर्देशक आदर्श अवस्थी, ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योति, नेपालका लागि प्रतिनिधि क्यारोलिन स्पन्नुथ वर्मा र युनिसेफ नेपाल रहने बताइएको छ ।

नेपालको पहिलो टाइल्स कम्पनीले आफ्नो चौथौं वार्षिक साधारण सभा थाइल्यान्डमा गर्दै

एनसेलले ल्यायो 'बिज सधैं अन' मा मनसुन बिजनेस अफर

हाम्रो पात्रोले अस्ट्रेलियाको रेमिट्यान्स लाइसेन्स प्राप्त गर्यो

धादिङकी पार्वती बनिन् एनसेल करोडपति

बतास एमएडब्ल्यू कमर्सियल भेहिकललाई भोल्भो आइसरको “सर्वश्रेष्ठ वितरक-दक्षिण एसिया…

एनसेल सधैं अन रिन्युअलः विद्यार्थीहरुलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युव प…

इनड्राइभले नेपालमा बाढी र पहिरोबाट पीडितहरूलाई घरहरू हस्तान्तरण गर्यो

प्रतिक्रिया