बिहीबार ०१ साउन, २०८२
Thursday, July 17, 2025

दुई जनाको हत्या गरेको अभियोगमा एक पक्राउ

कपिलवस्तु- ​बाणगंगा नगरपालिका-६ मटेरिया बस्ने ७० वर्षीय बमबहादुर थारू र उनकै भतिजी १८ वर्षीया अन्जनी थारूको हत्या गरेको अभियोगमा रुपन्देही कंचन गाउँपालिका-२ बगही बस्ने २२ वर्षीय मोहन थारूलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको  छ । 

मोहनले उनीहरूकै घरमा गई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका बमबहादुरको सामुदायिक अस्पताल चार नम्बरमा उपचारका क्रममा तथा अन्जनीको सोही अस्पताल हुँदै भैरहवा मेडिकल कलेजमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।