सहिद स्मारक ‘ए’ डिभिजन लिग : पुलिस विजयी
काठमाडौँ- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले न्युरोड टिम (एनआरटी)लाई पराजित गर्दै विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा पुलिसले न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
पुलिसको जितमा मोसेस ग्याबह ट्वुमले निर्णायक गोल गरे । उनले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै पुलिसको लागि निर्णायक गोल सवित भयो । त्यस जितसँगै पुलिसले २३ खेलमा ३४ अङ्क जोडेको छ । पुलिस अङ्क तालिकाको चौथो स्थानमा रहेको छ । समान खेल खेलेको एनआरटी २३ खेलमा २९ अङ्क जोडेर आठौँ स्थानमा रहेको छ ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया