डब्लुएचओका महानिर्देशकले भने, ‘नेपाल लगायत मुलुकलाई आपतकालीन सहायता चाहिएको छ’
काठमाडौँ : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का महानिर्देशक टेड्रोस अधानोम ग्रेब्रेयशुषले कोभिड–१९ को दोस्रो लहरले आक्रान्त भएका मुलुकहरूलाई आपतकालीन सहयोग आवश्यक रहेको बताएका छन् । टेड्रोसले भारत अहिले सबैभन्दा चासोको मुलुक भएपनि भारतमात्रै नभएर नेपाल, श्रीलंका, भियतनाम, कम्बोडीया, थाइल्याण्ड र इजिप्ट लगायत देशमा अहिले कोभिड–१९ संक्रमितको संख्या उल्लेख्य बढेकाले आपतकालीन सहयोग आवश्यक रहेको उल्लेख गरेका छन् । संक्रमितको संख्या वृद्धि सँगै यी देशहरूमा अस्पताल भर्ना दर बढेको उनको भनाइ थियो ।
अहिलेसम्म न्यून आय भएका मुलुकहरूमा ०.३ प्रतिशतमात्र खोपको आपूर्ति भएको छ । टेड्रोसले खोप आपूर्तिमा ‘ट्रीकल डाउन’ महामारीसँग लड्न प्रभावकारी रणनीति नहुने भन्दै विश्व स्वास्थ्य संगठनले अघि सारेको कोभ्याक्स सुविधामा योगदान गर्न सम्पन्न देशहरूसँग आग्रह गरेका छन् ।
टेड्रोसले खोप उत्पादनमा व्यापारका बौद्धिक सम्पत्ति सम्बन्धित पक्ष (ट्रीप्स) सम्झौताका प्रावधान खुकुलो बनाउनुपर्ने धारणा राख्दै आएका छन् । खोपको आपूर्ति अहिलेको मुख्य चुनौती बताउँदै उनले विभिन्न राष्ट्रका नेतृत्व र खोप उत्पादकले यो समस्या सम्बोधनका लागि मिलेर काम गरिरहेकोमा प्रसन्नता व्यक्त गरे । उनले १८ महिनाको अवधिमा खोपको व्यवसायिक उत्पादन हुनु नै उल्लेख्य उपलब्धि भएको बताएका छन् ।

नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने

महेशपुर भन्सारबाट १६ करोड राजस्व सङ्कलन

आज १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गरिँदै

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

लाजिम्पाटको प्रफेक्ट कलेक्सन ९ औँ वर्षमा, जहाँ पाइन्छन् थरीथरीका आइटम लुगाहरू

नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) ले ३१ औं कार्गो दिवस मनाउँदै

आइक्यानबाट सिल्भर अवार्ड प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ

प्रतिक्रिया