एनआरएनए डेनमार्कको महासचिवमा आचार्यको उम्मेदवारी घोषणा

काठमाडौँ- गैर आवासीय नेपाली संघ डेनमार्क शाखाको महासचिव पदमा नवराज आचार्य ( नविन ) ले उम्मेदवारी घोषणा गरेका छन् । उनले एनआरएनए, डेनमार्क राष्ट्रिय समन्वय परिषदको आगामी सन् २०२३-२०२५ को कार्यकालका लागि महासचिव पदमा उमेदवारी दिने निर्णय गरेको बताएका छन् ।
उनी डेढ दशकदेखि डेनमार्कमा बसोबास गर्दै आएका छन् । प्रवासमा नेपाली समाजको हकहितका लागि उनी सक्रिय छन् । विभिन्न संघ-संस्थामा आवद्ध रही समाजको वृहत्तर हितमा सरिक छन् ।
‘गैर-आवाशीय नेपाली संघको स्थापना कालदेखि यस संस्थालाई नजिकबाट नियालेको छु। यसले पनि मेरो उम्मेदवारीको लागि न्याय गर्छ,' उनले भने,’ यस गरिमामय संस्थालाई यहाँ बसोबास गर्ने हामी सबै नेपालीहरूको हो भनेर आभास दिलाउनु छ। यसलाई भरोसाको साझा संस्था बनाउने प्रयासमा निरन्तर रुपमा आफूलाई उभ्याउने छु। ‘
‘एक पटकको नेपाली सधैको नेपाली’ भन्ने नारालाई आत्मासाथ गरेको आचार्यले बताए । उनी नेपालीहरूबीचको भाईचारा र सद्भावलाई कायम राख्नुपर्छ भन्ने मान्यता राख्छन् ।
‘भाईचारा र सद्भावबाट प्रतिपादित हुने नयाँ विचार र योजना नै यसका प्रमुख एजेण्डा हुनु पर्छ । जसले विदेश बसेर नेपालको राम्रो भविष्य देख्न चाहने हरेक नेपाली मनको प्रतिनिधित्व गर्न सक्छ,'उनी सुनाउँछन्। आफू नेतृत्वमा रहँदा डेनमार्कको एनआरएनलाई एक नमुना एनआरएन बनाउन लागिपर्ने उनले धारणा व्यक्त गरेका छन्न।
सबै नेपालीहरूलाई एउटै छातामा राख्न सक्ने र अटाउनुपर्ने उनले बताए । विभिन्न संघ संस्थामा बसेर काम गर्दाको अनुभवलाई यस संस्थाको हितमा लागू गर्ने उनले प्रतिवद्धता व्यक्त गर्दै आगामी महासचिवका लागि आफ्नो उम्मेदवारी दिने घोषणा गरेको उनले धारणा सार्वजनिक गरे ।
विदेशमा रहेर पनि सामाजिक गतिविधिमा सक्रिय आचार्य डेनमार्कमा आफ्नो छुट्टै पहिचान बनाउन सफल छन् । पुराना तथा नव आगन्तुकका माझ उनी प्रिय र सहयोगीको रुपमा चिनिएका छन् ।

राजदूत पौडेलद्वारा ओहदाको प्रमाणपत्र पेस

अष्ट्रेलिया नेपाली कम्युनिटीको (अर्बन) अध्यक्षमा इटहरीका अरूणचन्द्र श्रेष्ठ निर्वाच…

भारतीयको रोजाइमा सिन्की, नेपाली हस्तकला र विजयसालका भाँडा

पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु

एनआरएनएको एकता महाधिवेशनका लागि निर्वाचन समिति गठन

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घ…

प्रतिक्रिया