चर्चित खेलाडीलाई साउदीमा खेल्न रोनाल्डोको आग्रह

काठमाडौँ- पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले विश्वका चर्चित खेलाडीलाई साउदी अरेवियाको प्रो लिग फुटबल खेल्न आउनका लागि आग्रह गरेका छन् ।
अर्जेन्टिना राष्ट्रिय टिम तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सी, फ्रान्स राष्ट्रिय टिम तथा स्पेनिस क्लब रियल मड्रिडका फरवार्ड करिम बेन्जेमा तथा क्रोएसिया राष्ट्रिय टिम तथा रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिच पनि साउदी आउने समाचारहरु बाहिरिदै गर्दा रोनाल्डोले थप चर्चित खेलाडीलाई साउदी प्रो लिग खेल्न आउने आग्रह गरेको बीबीसीले जनाएको छ ।
पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डोले मेस्सी, बेन्जेमा र मोड्रिचलाई साउदीमा स्वागत रहेको समेत बताएका छन् । ३८ वर्षीय रोनाल्डो गत डिसेम्बरमा साउदीको अल-नासर क्लबमा आवद्ध भएका थिए । सम्झौता सन् २०२५ सम्म रहेको तथा आफू आउने सिजनमा पनि खेल्ने रोनाल्डोले बताए ।
यता पीएसीले पनि मेस्सीले क्लब छाड्ने पुष्टी गरिसकेको छ तथा मेस्सी अहिले साउदी अरेवियाको पर्यटन दूत पनि हुन् ।
रोनाल्डोले चर्चित खेलाडी साउदी आए यहाँको लिगको स्तर झनै बढ्नै दावी गरे ।

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

प्रतिक्रिया