‘बलिङ नगरे हार्दिक पान्ड्याले भारतीय टिममा मौका पाउँदैनन्’
काठमाडौँ: इंगल्यान्ड जाने भारतीय टेस्ट टिममा हार्दिक पान्ड्या परेका छैनन् । पान्ड्या अलराउण्डर भएपनि पछिल्लो समय उनले खासै बलिङ गरेका छैनन् । सन् २०१९ ढाँडको शल्यक्रिया पछि मैदान फर्केका पान्ड्या ब्याटिङ गर्नमै केन्द्रित रहे ।
जसका कारण उनलाई भारतीय टेस्ट टिममा नराखिएको बताइएको छ । यस्तो निर्णय सही रहेको भारतीय टिमका पूर्वछनौटकर्ता शरणदिप सिंहले बताएका छन् । गत वर्ष भारतले अस्ट्रेलिया भ्रमण गर्दा शरणदिप टिमको छनौटकर्ता थिए ।
‘छनौटकर्ताले हार्दिकलाई टेस्ट टिममा नराख्नु स्वभाविक हो । हार्दिकले शल्यक्रिया पछि खासै बलिङ गरेका छैनन् । उनले एक दिवशियमा १० ओभर र टी-ट्वान्टीमा पाँच ओभर बलिङ गर्नुपर्छ । उनले ब्याट्सम्यानका रूपमा मात्रै खेलर हुँदैन । त्यस्तो अवस्थामा टिममो सन्तुलन बिगर्न सक्छ । एक्स्ट्रा बलर राख्नुपर्ने हुन्छ,’ भारतीय टिमका पूर्वस्पिनर समेत रहेका शरणदिपले भने, ‘टिममा अरु अलराउण्डर पनि छन् । वासिङ्टन सुन्दर, अक्सर पटेल, शार्दुल ठाकुर सबैले अलराउण्ड खेल देखाउन सक्छन् । त्यसकारण हार्दिकको स्थान सुरक्षित छैन ।’
पृथ्वी श टेस्ट टिममा नपरेकोमा भने शरणदिपले आश्चर्य प्रकट गरे । ‘पृथ्वी भारतका लागि अर्को विरेन्द्र सेहवाग बन्न सक्छन् । उनी करियरको सुरुवातमा छन् । त्यसकारण उनलाई मौका दिनुपर्छ । अस्ट्रेलिया भ्रमण पछि उनलाई टिममा राखिएन । तर उनले त्यसपछि उनले आफ्नो खेलमा सुधार गरेका छन् । आइपीएलमा पनि उनको प्रदर्शन सन्तोषजनक रह्यो । त्यसकारण उनी जस्तो प्रतिभालाई विश्वास गरेर मौका दिइरहनुपर्छ,’ शरणदिपले भने ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया