शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

मोदीलाई प्रचण्डको जवाफ : सीमा विवाद कायम राखेर सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन

नयाँ दिल्ली- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने औपचारिक भ्रमणका लागि भारतमा रहेका छन् । बुधबार नयाँ दिल्ली आइपुगेका उनी राजनीतिक उच्चस्तरीय भेटवार्तासँगै तीर्थाटनमा व्यस्त छन् । 

बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटवार्ता र संयुक्त पत्रकार सम्मेलनमा सहभागी भएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार बिहान नयाँ दिल्लीमा नेपाली पत्रकारहरूसँगको  कुराकानी गरेका छन् । सो क्रममा आफूले भारतीय समकक्षी मोदीलाई सीमा विवाद थाती राखेर दुई देशबीच सम्बन्धमा ब्रेक थ्रु हुन नसक्ने बताएको जानकारी दिए । 

बिहीबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारत सम्बन्धलाई हिमालको जस्तै उचाई दिने काम भइरहेको र यही भावनाका साथ सीमा विवाद पनि समाधान गर्ने बताएका थिए । उनले भनेका थिए, ‘हाम्रो सम्बन्धलाई हिमालय जस्तै उचाई दिने काम गर्नेछौँ । यही भावनाका साथ सीमाको विषयमा होस् वा अरु केही सबै समाधान हुनेछ ।’ 

आफूसँगको भेटवार्तामा पनि मोदीले सीमा विवाद समाधान गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । ‘मैले मोदीजीलाई सीमा विवाद कायम राखेर दुई देशबीचको सम्बन्धमा ब्रेक थ्रु हुन सक्दैन भनेँ,’ नेपाली पत्रकारसँग कुरा गर्दै मोदीसँगको भेटमा भएको कुराकानी उद्धृत गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मोदीजीले पनि नेपाल–भारत सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास राख्नु भएको छ । उहाँले सीमा विवाद हल गर्ने विषय महत्वपूर्ण भएको र यसको समाधान गर्नुपर्छ भन्नु भएको छ ।’ 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता