नेपाल प्रहरीमा थपियो एक एआइजी र पाँच डिआइजीको दरबन्दी

काठमाडौं : सरकारले नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र ५ प्रहरी नायब महानिरीक्षक (डिआइजी)को दरबन्दी थप्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले स्वीकृत गरेको संघीय प्रहरी र प्रदेश प्रहरीको संगठन संरचना (ओएन्डएम) मा एक एआइजी र ५ डिआइजी थप्ने उल्लेख छ ।
मन्त्रिपरिषद्ले प्रहरीको ओएन्डएम स्वीकृत गरेको जानकारी बिहीबार गृहमा पठाएको गृह स्रोतले जानकारी दियो । मन्त्रिपरिषद्बाट आएको पत्रका आधारमा मन्त्रालय कार्यान्वयनको चरणमा जाने तयारीमा रहेको गृह स्रोतले बतायो ।
मन्त्रिपरिषद्ले ओएन्डएम स्वीकृत गरेपछि संघीय राजधानी काठमाडौंको सुरक्षार्थ अब ‘संघीय राजधानी प्रहरी’ गठन हुनेछ । त्यसको नेतृत्व एआइजीले गर्नेछन् । अहिलेसम्म राजधानीको सुरक्षा बागमती प्रदेश मातहतको प्रहरीले गथ्यो । अब ‘संघीय राजधानी प्रहरी’ ले राजधानीका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरको सुरक्षा हेर्नेछ । त्यसका लागि एक एआइजीको दरबन्दी थपिएको हो । संघीय राजधानी प्रहरी गठन भएपछि मेट्रो प्रहरी हट्नेछ ।
अहिलेसम्म तीन एआइजीको मात्र दरबन्दी थियो । एआइजीको दरबन्दी थपिएसँगै डिआइजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह, उत्तम सुवेदीमध्य एक एआइजी हुनेछन् ।
थपिएका ५ डिआइजी एक जना साइबर ब्युरो र बाँकी चार जना प्रधान कार्यालयमा रहने नयाँ दरबन्दी कायम गरिएको छ । प्रहरीमा २६ डिआइजीको दरबन्दी घटाएर १४ मा झारेको एक वर्ष नपुग्दै ५ दरबन्दी थपेर १९ पुर्याइएको हो ।

'नेपालको खेलकुद गुणात्मक सुधारमा केन्द्रित छ’

‘साउन डेङ्गी सचेतना’ महिना घोषणा

त्रिवि क्रिकेट मैदान निर्माण गर्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जना

सहरी विकास मन्त्रीको एक वर्षः नयाँ सहरदेखि साना सहरी केन्द्रका योजना

वन मन्त्रालयको एक वर्ष : मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरण र काठमा आत्मनिर्भर बनाउन …

नवनियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले लिइन् शपथ

देशमा आशा सञ्चार नहुँदा प्रतिभावान पलानय हुने खतरा बढ्योः पर्यटनमन्त्री पाण्डे

प्रतिक्रिया