मंगलबार ३१ असार, २०८२
Tuesday, July 15, 2025

नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै युवा संगठनकाे विरोध प्रदर्शन

काठमाडौँ- नागरिकता विधेयक खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ । नागरिकता विधेयक राष्ट्रघाती भएकाले यसलाई खारेज गर्नुपर्ने भन्दै संगठनले काठमाडौँको माइतिघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपालीलाई नेपालमा नै अल्पमतमा पार्ने षडयन्त्र बन्द गर्नुपर्ने माग राखेका छन् । त्यस्तै उनीहरूले गैर नेपालीलाई नेपाली नागरिकता दिने उद्देश्यले नागरिकता विधेयक प्रमाणीकरण गरिएको आरोप लगाएका छन् ।