राजनीतिमा प्रतिस्पर्धा र विकास एकता गरौं : मेयर थापा

भक्तपुर - भक्तपुरको सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले राजनीतिमा प्रतिस्पर्धा र विकास एकता गर्न आग्रह गरेका छन् । मानवीय आस्था नेपालद्धारा आयोजित सूर्यविनायक नगरपालिकाको सहयोगमा भएको महिला उत्प्रेरणात्मक तथा अभिमुखीकरण समापन कार्यक्रममा मेयर थापाले विपक्षी दलहरुलाई यस्तो आग्रह गरेका हुन् ।
उनले नगरपालिकामा सहयोग माग्न आउने संस्थाहरू धेरै भएको चर्चा गर्दै विल मिलाएर पैसा खान खोज्ने संस्थाहरूलाई सहयोग गर्न नसकिने बताए । मेयर थापाले मानवीय आस्था जस्ता काम गर्ने संस्थालाई भने रकम दिने घोषणा गरे ।
मानवीय आस्था नेपालका अध्यक्ष श्रीकुमार रञ्जित, महासचिव एवं कार्यक्रम संयोजक उतरा नेपाललगायतले मानवीय आस्था नेपालले भूकम्पलगायतका विविध समस्यामा परेका नगरवासीहरुलाई सहयोग गर्दै आएको चर्चा गरे । कार्यक्रममा सूर्यविनायक नगरपालिकाका १० वटै वडाका वडा अध्यक्ष तथा संस्थाले दिएको तालिम कार्यक्रमका प्रशिक्षकलाई पनि प्रशंसा पत्र प्रदान गरेको थियो ।

झौखेलका पाँच खानेपानी उद्योगलाई प्रतिबन्ध

सडक दुर्घटना कम गर्न सडक सङ्केत राख्दै काठमाडौँ महानगर

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

गाडीले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

नक्कली नोटसहित दुई जना पक्राउ

दिदीबहिनी मृत फेला

चितवन राष्ट्रिय निकुञ्ज : वन्यजन्तुको आक्रमणबाट एक वर्षमा ११ जनाको मृत्यु

प्रतिक्रिया