पूर्वराजा ज्ञानेन्द्रले स्वास्थ्यकर्मीलाई दिए धन्यवाद

काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले सदस्यले आफूलाई उपचार गर्ने स्वास्थ्यकर्मीलाई धन्यावाद दिएका छन् । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा १९ दिनको उपचारपछि कोभिड-१९ संक्रमणमुक्त भई पूर्वराजा ज्ञानेन्द्र बैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए ।
दुई दिनपछि बैशाख ३१ गते पूर्वरानी कोमल शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह डिस्चार्ज भएका थिए । उनीहरू कोभिड-१९ देखिएकाले गत वैशाख ११ गते अस्पताल भर्ना भएका थिए ।
महामारीका कारण आफूहरू नर्भिक अस्पतालमा रहँदा हरदम सेवामा जुट्ने डाक्टर, नर्स तथा हमेशा मनोवल उच्च राख्न हौसला दिने अन्य सहयोगी व्यक्ति र देशविदेशमा रहेका शुभचिन्तकप्रति उनीहरूले विज्ञप्तिमार्फत आभार व्यक्त गरेका छन् ।

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया